Technology Khabar ५ आश्विन २०७७, सोमबार
निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक मोबाइल फोनबाट ऋण दिने सुविधा सुरु गरेको छ ।
बैंकमा खाता भएकाहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने बताईएको छ।
यसरी पाइन्छ मोबाइलबाट ऋण
यो एक नवीनतम डिजिटल सुविधा हो र एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याएको हो। नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध हुने छ।
यसका विशेषताहरु यस्ता छन्
बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहकाअनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने छ।
‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो’, शाहले भने।
१ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत् बैंकले सेवा दिँदै आएको जनाएको छ ।
प्रकाशित: ५ आश्विन २०७७, सोमबार