स्मार्टफोन ह्याङ्ग हुने समस्या भोगिरहनुभएको छ ? त्यसोभए यी ८ उपायहरु अपनाउनुस्

Technology Khabar ५ आश्विन २०७७, सोमबार

स्मार्टफोन ह्याङ्ग हुने समस्या भोगिरहनुभएको छ ? त्यसोभए यी ८ उपायहरु अपनाउनुस्
Classic Tech

स्मार्टफोनको बढ्दो प्रयोगका कारण फोटो, फिल्म तथा डकुमेन्टजस्ता हाम्रो लगभग सबै जरुरी सूचना फोनमा नै राखिएको हुन्छ। यस्ता डाटा र एपका कारण फोन बारम्बार ह्याङ्ग हुने हुन्छ। धेरै एप भएका कारण एपहरु ढिला खुल्छन् भने भिडियो पनि रोकिँदै चल्दै गर्छन्।

स्मार्टफोन ह्याङ्ग हुन नदिन तलका केही उपायहरु अपनाउनुहोस्।

१ अटो डाउनलोड अफ गर्नुहोस्। यसका लाथि सेटिङ्समा गएर सफ्टवेयर अपडेटमा जानुहोस्। त्यहाँ देखिने अटो डाउनलोड अप्सनलाई अफ गर्नुहोस्।

२ एप अटो अपडेट मोडलाई पनि अफ गर्नुहोस्। यसका लागि प्ले स्टोरको सेटिङ्समा गएर डुनट अटो अपडेट एप्समा क्लिक गर्नुहोस्।

३ फोनको अकाउन्टस् एण्ड ब्याकअप सेटिङ्समा गएर सबैभन्दा तल अटो सिंक डेटाको अप्शनलाई अफ गरिदिनुहोस्। यसबाट फोनको स्टोरेज अनावश्यक डेटाले भरिनबाट जोगिन्छ।

४ नेभिगेशन बारमा दिइएको रिसेट बटन क्लिक गर्नुहोस् साथै फोनको ब्याकग्राउण्मा चलेका एप्लिकेशनहरु बन्द गर्नुहोस्।

५ कम मात्र प्रयोगमा आउने एपहरुलाई मुख्य एप सेक्सनमा गएर डिलिट गरिदिनुहोस्। यसो गर्नका लागि एपलाई केहीबेर प्रेस गरेर अनइन्स्टल गरिदिनुहोस्। यसबाट फोनको मेमोरी धेरै खाली हुन्छ।

६ फोनको ब्याकग्राउन्डमा चलिरहेका कुराहरु बन्द गर्नुहोस्। यसका लागि फोनको सेटिङ्समा गएर तल पट्टि भएको अबाउट अफ्शनमा क्लिक गर्नुहोस्। त्यसपछि सफंठवयर इन्फर्मेशनमा क्लिक गरेर बिल्ड नम्बरकमा

७ देखि ८ पटक ट्याप गर्नुहोस्। यस लगत्तै डेभलपर्स अप्शन खुल्छ जुन अबाउट फोन भन्दा तलपट्टि देख्न सकिन्छ। अब नो ब्याकग्राउन्ड प्रोसेसमा क्लिक गरेपछि ब्याकग्राउन्डमा कुनै पनि प्रोसेस चल्दैन।

८ फोनको स्पीड बढाउनका लागि डेभलपर्स अप्शनमै ट्रान्जिशन एनिमेशन स्केल र विन्डव एनिमेशन स्केल अप्शन खोजेर दुवैलाई अफ गरिदिनुहोस्।

यदि तपाईंले आफ्नो फोनमा यो प्रक्रिया अनुसरण गर्नुभयो भने, तपाईंको फोनको स्पीड धेरै छिटो हुनेछ। ध्यान राख्नुहोस्, सधैं फोनको क्यास मेमोरी खाली राख्नुहोस्। होम स्क्रिनमा थोरै आइकन राख्नुहोस्। अतिरिक्त फाईलहरू मेट्न राख्नुहोस्। यससँगै फोनको मेमोरी पनि खाली हुनेछ।

प्रकाशित: ५ आश्विन २०७७, सोमबार

Comments are closed.

Loading...