Technology Khabar ४ आश्विन २०७७, आईतवार
यसै हप्ताको सुरुवातमा सामसङले भारतमा क्यामरा केन्द्रित ग्यालेक्सी एफ सिरिज सार्वजनिक गर्ने बताइएको थियो र आज कम्पनीले ट्विटरमा त्यसको टिजर फोटो सार्वजनिक गरेको छ।
ट्वीटमा लेखिएको छ, ‘नयाँ ग्यालेक्सी एफ सिरिजले पक्कै पनि छाप छोड्नेछ। पूरा झलकका लागि तयार रहनुहोस्।’
सामसङले ग्यालेक्सी एफ सिरिजको यसभन्दा बढी केही विवरण नखुलाए पनि प्रविधि वृत्तमा चलेको चर्चा अनुसार ग्यालेक्सी एफ४१ यो सिरिजको बजारमा आउने पहिलो डिभाइस हुनेछ।
The new #GalaxyF will definitely leave a mark on you. Stay tuned to go #FullOn.#Samsung pic.twitter.com/5ahjw6mqTm
— Samsung India (@SamsungIndia) September 19, 2020
सामसङको भारतीय वेबसाइटको ग्यालेक्सी४१ को सपोर्ट पेजमा SM-F415F कोडसहित देखाइएको फोन र युजर म्यानुअलका आधारमा यसको डिस्प्लेमा माथिपट्टि नोच क्यामरा हुने बुझिएको छ। पछाडिपट्टि भने ट्रिपल क्यामेरा सहित फिंगरप्रिन्ट रिडर रहनेछ। तीनवटा क्यामरामध्ये दुई वटा वाइड र अल्ट्रा वाइड क्यामरासमेत रहनेछन् भने तेस्रो क्यामराको उद्देश्य के हो भन्ने खुलेको छैन।
यो फोन गीकबेन्चमा एक्जनोज ९६११ प्रोसेसर तथा ६ जीबी र्याममा देखिएको थियो भने यो ग्यालेक्सी एम३१ लाई रिब्राण्डिङ गरेर त्यसमा दुई अलग स्टोरेज र तीन अलग रंगमा उपलब्ध गराएको बुझिएको छ। तर एम३१ मा ४ वटा क्यामरा थिए भने एफ४१ मा तीनवटा मात्र छन्। ग्यालेक्सी एफ४१ का बारेमा विस्तृत विवरण भने आउने दिनहरुमा नै थाहा हुनेछ।
प्रकाशित: ४ आश्विन २०७७, आईतवार