पबजी मोबाइल भारतमा रिलायन्स जियो वितरक भएसँगै प्रतिबन्ध हट्न सक्ने

Technology Khabar ४ आश्विन २०७७, आईतवार

पबजी मोबाइल भारतमा रिलायन्स जियो वितरक भएसँगै प्रतिबन्ध हट्न सक्ने
Classic Tech
Nepal Telecom

भारत सरकारले केहि समयअघि चिनियाँ मूलका ११७ वटा अन्य एप्सको साथसाथै लोकप्रिय गेमिंग एप पबजी मोबाइलमा पनि प्रतिबन्ध गरेको छ।

प्रतिबन्धको परिणामस्वरूप दक्षिण कोरियाली कम्पनी ब्लू होल स्टूडियो र एपको मूल मालिकले भारतमा खेल वितरण गर्न टेंसन्टलाई दिएको इजाजतपत्र खारेज गरेको र अब आफैंले संचालन गर्ने बताएको छ ।

कम्पनीले प्रतिबन्ध लगत्तै ब्लगपोस्टमार्फत सो जानकारी दिएको थियो । जसमा कम्पनी भारतमा आफैं गेम संचालन गर्ने योजनामा रहेको छ ।

स्पष्ट रूपमा, ब्लू होल स्टुडियोले भारतको टेलिकम कम्पनी रिलायन्स जियोसँग वार्ता गरिरहेको छ। स्रोतका अनुसार वार्तालाप प्रतिबन्ध पछि शुरू भभएको थियो र यो शुरुवाती चरणमा छ। दुबै पक्षहरू कथित रूपमा सम्झौताको विभिन्न पक्षहरूमा अध्ययन गरिरहेका छन्।

वार्तालापको बारेमा कुनै आधिकारिक जानकारीहरु आएका छैनन तर ब्लू होल स्टुडियोले ब्लग पोष्टमा एप निषेधित छ भन्ने कुराका साथसाथै वार्ता भइरहेको कुरा पुष्टि गर्यो।

टेनसेन्टसँगको सम्बन्धको परिणामस्वरूप भारतमा एप प्रतिबन्धित भएकोले, घरेलु वितरकसँग सम्झौता हुने बित्तिकै यो प्रतिबन्ध हट्ने सम्भावना छ।

सन्दर्भको लागि, सन् २०१९ मा, पबजी र जियो साझेदारीमा गएका थिए जसमा पबजीका प्रयोगकर्ताहरूले इनएप पर्चेजमा वस्तु खरीद गर्नका लागि पुरस्कार पाइरहेका थिए। यसले यो साझेदारीमा भूमिका खेल्न सक्नेअनुमान गरिएको छ किनकी दुबै कम्पनीहरू एक अर्कासँग परिचित छन् । माध्यम

TK Viber

प्रकाशित: ४ आश्विन २०७७, आईतवार

Loading...