एप्पल आईफोन १२ प्रो म्याक्समा ६ जीबी र्याम र ए१४ बायोनिक चिपसेट हुने

Technology Khabar ४ आश्विन २०७७, आईतवार

एप्पल आईफोन १२ प्रो म्याक्समा ६ जीबी र्याम र ए१४ बायोनिक चिपसेट हुने

काठमाडौं ।

टेक कम्पनी एप्पलले चाँडै नै आफ्नो नयाँ आईफोन १२ सीरिज प्रस्तुत गर्न लागेको छ। यद्यपि कम्पनीले यस श्रृंखलाको लन्चिङ्ग मिति सम्बन्धी कुनै आधिकारिक जानकारी दिएको छैन।

यस बारेमा धेरै जानकारीहरु अनौपचारीकरुपमा आईरहेका छन् । यदि लीकमा विश्वास गर्ने हो भने यस नयाँ श्रृंखलामा आईफोन १२, आईफोन १२ म्याक्स, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स प्रस्तुत हुनेछ। यसैबिच भर्खरको रिपोर्टले आईफोन १२ प्रो म्याक्स बेन्चमार्किंग प्लेटफर्म एन्टुमा स्पट गरेकोछ, जहाँ फोनका स्पेसिफिकेशन्सको बारेमा जानकारी खुलासा गरिएको छ। बेंचमार्किंग साइटमा स्कोरहरू गत वर्षको आईफोन ११ प्रो म्याक्स भन्दा बढी छन्।

यस्तो देखिन्छ कि आईफोन १२ प्रो म्याक्स कम्पनीको पहिलो फोन हो जून ६ जीबीको र्यामको साथ आउनेछ। यसका साथ फोनमा १२८ जीबी आन्तरिक स्टोरेज प्रदान गरिनेछ। यो जानकारी बेन्च मार्किंग लिस्टिङ्गमा देखिएको छ ।

स्क्रिन शटले यो पनि पत्ता लगाएको छ कि आईफोन १२ प्रो म्याक्स आईओएस १४.१ अपरेटिङ्ग सिस्टममा आधारित भएर काम गर्दछ। यसमा फाइभ नानोमि६रको ए१४ बायोनिक चिपसेट राखिनेछ ।

केहि समयअघि, आईफोन १२ प्रो बारे  एक भिडियो मार्फत खुलासा गरिएको थियो। भिडियोले ६.१ ईन्च आईफोन १२ प्रो मोडेलको चेसिस प्रस्तुत गरिएको थियो।  फोनको चारै साइडहरुमा फ्लाट साइड बेजेल्स देखाइएको छ। पछाडि छेउमा तीन रियर क्यामेराको साथ लाइडार (LiDAR) सेन्सरको प्लेसमेन्ट पनि रहेको थियो ।

तर यस फोनको अधिक जानकारी भने लन्चिङ्गकै समयमा मात्र थाहा हुनेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: ४ आश्विन २०७७, आईतवार