डिशहोमको दशैंमा डवल धमाका, हरेक साता २ जनालाई एक/एक लाख नगद उपहार

Technology Khabar ४ आश्विन २०७७, आईतवार

डिशहोमको दशैंमा डवल धमाका, हरेक साता २ जनालाई एक/एक लाख नगद उपहार

काठमाडौं ।

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोममा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ ।

यसै अफर लाई डिशहोमले बडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्र मा डबल मौका प्राप्त हुनेछ ।

हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक/एक लाख नगद उपहार यस अफर मार्फत जित्नु हुनेछ ।

साप्ताहिक लक्की ड्र को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको कास आईडी CAS ID को आधारमा गरिन्छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने कम्पनीले उल्लेख गरेको छ ।

फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ।

यो पनि हेर्नुस्-

देशको हरेक क्षेत्रमा इन्टरनेट बिस्तार गर्दै डिसहोम फाइबरनेट, ८३३ रुपैयाँमै २५ एमबीपीएसको सेवा

easy care

प्रकाशित: ४ आश्विन २०७७, आईतवार

ताजा समाचार