Technology Khabar ४ आश्विन २०७७, आईतवार
काठमाडौं ।
जब तपाई नयाँ एप डाउनलोड गर्न वा केही गर्न प्रयास गर्दै हुनुहुन्छ त्यसबेला तपाईको खाता लक भएमा तपाईँ चिन्तित हुनु पर्ने आवश्यकता छैन् ।
विशेषगरि मानिसहरु एप्पलको आईडी पासवर्ड बिर्सने गर्दछन् । जसले गर्दा उनीहरुलाई समस्या हुने गर्दछ । एप्पलले गोपनियता र व्यक्तिगत डाटा सुरक्षालाई उच्च प्राथमिकता दिने हुँदा यसले कहिलेकाँही पासवर्ड बिर्सने हुँदा सस्या पर्दछ।
विशेष गरी पासवर्डहरूले हाम्रो गोपनीयता को लागी सुरक्षा प्रदान गर्दछ, तर लक आउट हुनु ठूलो पीडा हुन सक्छ। भाग्यवस, तपाईको एप्पल आईडी पासवर्ड रिसेट गर्न केहि धेरै फरक तरीकाले गर्न सकिन्छ।
हामी तपाईंलाई यो गर्ने तरिकाहरू देखाउनेछौं ताकि तपाईं यो असुविधालाई पन्छाउन सक्नुहुन्छ र तपाईंको दिनको साथ द्रुत गतिमा अघि बढ्न सक्नुहुन्छ।
एप्पल आईडीको पासवर्ड धेरै तरिकाबाट रिसेट गर्न सकिन्छ।
१ appleid.apple.com मा जानुहोस् र पेजको बिचमा रहेको फर्गट एप्पल आईडी अर पासवर्ड क्लिक गर्नुहोस्। तपाइँको पासवर्ड पहिले नै ड्रप डाउन मेनुमा सेभ भएको र तपाइँले बिर्सेको हुन सक्छ। त्यो पासवर्डले काम गर्छ कि चेक गर्नुहोस्।
२ त्यसपछि एप्पल आईडी हाल्ने पेज आउँछ। यो तपाइँको एप्पल एकाउन्टको मुख्य इमेल एड्रेस हुनेछ। त्यसपछि नाम र एप्पल एकाउन्टसँग सम्बन्धित इमेल एड्रेस राखिन्छ। त्यसपछ कन्टिन्यु क्लिक गरेर आइ नीड टु रिसेट माइ पासवर्ड थिच्नुहोस्। यसमा ध्यान दिनुपर्ने कुरा के हो भने यदि तपाइँले टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्नुभएको छ भने तपाइँको स्क्रीन अलि फरक देखिनेछ। र तपाइँलाई फोन नम्बर कन्फर्म गर्न भनिनेछ।
३ अब भने तपाइँ पासवर्ड रिसेट गर्न आफूलाई मन परेको तरिका छान्न सक्नुहुन्छ। यो इमेलमार्फत् वा सेक्युरिटी क्वेशनको उत्तर दिएर जुन पनि हुन सक्छ।
४ इमेलको तरिका अपनाउँदा पासवर्ड ब्युँताउन वा नयाँ पासवर्ड सेट गर्ने प्रक्रिया सुरु गर्नका लागि एप्पलले तपाइँको मुख्य इमेल एड्रेसमा मेल पठाउनेछ। इमेल आएको थाहा दिन ठूलो अक्षरमा नोटिफिकेशन पनि आउनेछ। इमेल नभेटिएको खण्डमा स्पाम, जंक वा ट्र्याश फोल्डरमा हेर्नुहोस वा पुन इमेल पाउनका लागि अघिकै प्रक्रिया दोहोर्याउनुहोस्।
सेक्युरिटी क्वेशनमार्फत जाँदा नयाँ पासवर्ड बनाउनुअघि जन्ममिति राख्नुका साथै केही प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्छ। सेक्युरिटी क्वेशनको उत्तर बिर्सिएको खण्डमा के गर्ने यदि तपाइँले आफ्नो पासवर्ड बिर्सनु भयो भने तुरुन्तै पासवर्ड थाहा पाउन वा पासवर्ड परिवर्तन गर्न सजिलो तरिका भनेको सेक्युरिटी क्वेशनको उत्तर दिनु हो। यसमा सोधिने तपाइँको मनपर्ने शिक्षक को हो जस्ता व्यक्तिगत प्रश्नको उत्तर तपाइँले मात्र वा तपाइँलाई नजिकबाट चिन्ने साथीले मात्र दिन सक्छ।
तर तपाइँले आफैँले लेखेको सेक्युरिटी क्वेशनको उत्तर बिर्सिनुभयो भने ?
त्यसो भएको खण्डमा त्यसलाई परिवर्तन गर्न पनि सजिलो छ। तर यसका लागि तपाइँको पुरानो पासवर्ड भने थाहा हुनै पर्छ। सेक्युरिटी क्वेशन यसरी परिवर्तन गर्न सकिन्छ
१ iforgot.apple.com मा जानुहोस् र आफ्नो एप्पल आईडी राख्नुहोस्।
२ त्यसपछि आई नीड टु रिसेट माइ सेक्युरिटी क्वेशन सेलेक्ट गरेर कन्टिन्युमा क्लिक गर्ने
३ पासवर्ड हालेर कन्टिन्युमा क्लिक गर्ने
४ ड्रप डाउन मेन्युबाट तीनवटा क्वेशन छानेर उपयुक्त उत्तर लेख्ने
एप्पल आईडीमार्फत पासवर्ड रिसेट
१ iforgot.apple.com मा गएर टु फ्याक्टर अथेन्टिकेशन बनाउने बेला राखिएको विश्वासिलो फोन नम्बर राख्ने
२ त्यसपछि कन्टिन्यु क्लिक गरेपछि विश्वासिलो एप्पल डिभाइस आईफोन, आईप्याड वा आईपडमा नोटिफिकेशन जान्छ
३ आईओएस डिभाइसमा नोटिफिकेशन आइसकेपछि अलाउ अप्शन क्लिक गर्ने
४ त्यहाँ भनिएका चरणहरु फलो गर्दै गएर पासकोड राखेपछि पासवर्ड रिसेट गर्ने यसमा ध्यान दिनुपर्ने कुरा के हो भने यदि तपाइँको विश्वासिलो डिभाइस अहिले तपाइँसँग छैन र नयाँ डिभाइस सेट अप गर्न पनि सम्भव छैन भने पासवर्ड रिसेट गर्ने कुरा अलि जटिल हुन सक्छ।
नयाँ टु फ्याक्टर अथेन्टिकेशन बनाउनै नमिल्ने होइन तर यो सारै झण्झटिलो हुन्छ। यसको प्रमाणीकरणका लागि थुप्रै दिन पनि लाग्न सक्छ जसले गर्दा पासवर्ड रिसेट गर्न ढिलाइ हुन सक्छ।
एकाउन्ट रिकभरीमार्फत् पासवर्ड रिसेट
यदि नजिकै कुनै विश्वासिलो आईओएस डिभाइस छैन भने पनि एकाउन्ट रिकभरीका माध्यमबाट पासवर्ड रिसेट गर्न सकिन्छ। यदि तपाइँको विश्वनसिलो आईओएस डिभाइस हराएको वा चोरी भएको र अरु कसैले अनधिकृत रुपमा आफ्नो डिभाइस नखोलोस् भन्ने बेलमा यो तरिका ज्यादै उपयोगी हुन्छ। यो प्रक्रियामा केही दिन पनि लाग्न सक्छ। तपाइँले आफ्नो आधिकारिक परिचय प्रमाणीकरण गर्ने जानकारी राखन कति समय लगाउनु हुन्छ भन्ने कुरामा भर पर्छ।
१ आई फर्गट वा आईओएसमार्फत् पासवर्ड रिसेट गर्ने क्रममा रिक्वेस्ट एकाउन्ट रिकभरी भन्ने अप्शन याद गर्नुपर्छ।
२ एकाउन्ट बनिसकेपछि सम्पर्क नम्बर राख्ने र त्यसपछि त्यही नम्बरमा पठइएको भेरिफिकेशन कोड राख्ने। भेरिफिकेशन पछि कन्फर्मेशन आउँछ र त्यो नम्बरमा कन्ट्याक्ट भएपछि तपाइँको एकाउन्ट तयार हुन्छ।
३ केही बेरपछि तपाइँको एकाउन्ट तयार हुन्छ र त्यो नम्बरमा मेसेज वा कल आउँछ।
४ iforgot.apple.com मा गएर आफ्नो एप्पल आईडी राखेर दोस्रो चरणमा राखेको फोन नम्बर कन्फर्म गर्नुहोस्।
५ त्यहाँ तपाइँलाई मेसेज वा कलमार्फत् एउटा एकाउन्ट रिकभरी कोड दिइनेछ जसलाई आईफर्गटमा प्रविस्ट गर्नुपर्नेछ।
६ त्यसपछि कन्टिन्यु क्लिक गरेपछि नयाँ पेज खुल्छ र त्यही पेजमा नयाँ पासवर्ड बनाउन, विश्वासिलो फोन नम्बर भेरिफाइ गर्न र त्यसपछि साइन इन गर्न सकिन्छ। पासवर्ड रिसेट गरेपछि नयाँ पासवर्ड राखेर एप्पल आईडी साइन इन गर्नुपर्छ। त्यसपछि त्यो पासवर्डलाई तपाइँका सबै ओएस डिभाइसहरुको सेटिङ्स मेनुमा गएर अपडेट गर्नुपर्छ।
प्रकाशित: ४ आश्विन २०७७, आईतवार