गूगल, फेसबुक, युट्यूबसँग १८ बर्षभन्दा कम उमेर लक्षित विज्ञापनहरू रोक्न माग

Technology Khabar ३ आश्विन २०७७, शनिबार

गूगल, फेसबुक, युट्यूबसँग १८ बर्षभन्दा कम उमेर लक्षित विज्ञापनहरू रोक्न माग
Classic Tech

अभियानकर्ताहरूले गूगल, फेसबुक, यूट्यूब, र अन्य टेक जायन्टहरूलाई खुला पत्र पठाएका छन्, जसमा बच्चालाई लक्षित बनाउने अनुकूलित विज्ञापन प्रणालीहरू बन्द गर्न माग गरिएको छ।

ग्लोबल एक्शन प्लान (जीएपी) द्वारा समन्वय गरिएको र शुक्रवार सार्वजनिक गरिएको खुला पत्रले गूगल, फेसबुक, एप्पल, अमेजन र माइक्रोसफ्टलाई उनीहरूको वेबसाइटमा बालबालिका ‘लक्षित, ब्यवहारयुक्त विज्ञापन’ प्रयोग गरेको आरोप लगाएको छ।

गठबन्धनले तर्क गरेको छ कि डाटा संकलन मनिटाइजेसन र लक्षित विज्ञापन गर्नका लागि चाहिन्छ र विज्ञापन अक्सर अनलाइन, निशुल्क सेवाहरूको एक आवश्यक तत्व हो, तर जब यो बालबालिकाको विषयमा आउँदा यसले गोपनीयतामा आफ्नो अधिकारलाई कम गर्नेछ।

पत्रमा भनिएको छ कि व्यवहारजन्य विज्ञापनले गोपनीयतालाई मात्र कमजोर गर्दैन, यसले युवाहरुलाई अनुचित मार्केटिङ्गको दबाबमा ‘अति संवेदनशील’ स्थानमा पुर्‍याउँछ ।’

‘विज्ञापन-टेक(Ad-tech) कम्पनीहरूले बालबालिकाहरु १३ वर्षको उमेरमा पुग्दा ७ करोड २० लाख डाटा लक्षित गर्दछ भन्ने तथ्यले यी कानूनहरूको बेवास्ता गर्ने हदसम्म र बच्चाहरूमा पर्ने असाधारण निगरानी गर्ने देखाउँदछ।’ पत्रमा उल्लेख छ ।

यद्यपि साना बच्चाहरू मात्र खुला पत्रको विषय होइनन्। यसका साथमा हस्ताक्षरकर्ताहरु भन्छन् कि सुरक्षा १८ बर्ष मुनिका सम्म पुर्‍याउनु पर्दछ ।

नागरिक अधिकार समूह, वकिल, शिक्षाविद, र कार्यकर्तालगायत कुल २४ संस्थाले पत्रमा हस्ताक्षर गरेका छन् जसमा एम्नेस्टी इन्टरनेसनल, बेलायती सांसद क्यारोलिन लुकास, फक्सग्लोभ, ओपन राइट्स ग्रुप, प्राइभेसी इन्टरनेसनल, र न्यू इकोनॉमिक्स फाउन्डेशनलगायत छन् ।

सो पत्र बालबालिकाहरुलाई लक्षित गरेर गरिने अनलाइन विज्ञापनहरुको विरुद्धको अभियान अन्तरगत सार्वजनिक गरिएको हो । एजेन्सी

प्रकाशित: ३ आश्विन २०७७, शनिबार

Comments are closed.

Loading...