भिभोको नयाँ स्मार्टफोन भी२० र भी२० एसई आउँदै, यस्तो हुनेछ डिजाइन र लूक्स

Technology Khabar ३ आश्विन २०७७, शनिबार

भिभोको नयाँ स्मार्टफोन भी२० र भी२० एसई आउँदै, यस्तो हुनेछ डिजाइन र लूक्स
Classic Tech

भिभोले विश्वव्यापी बजारमा एक जोडी नयाँ स्मार्टफोनको लन्च गर्न तयार भएकोछ। दुई स्मार्टफोनहरू भिभो भी२० (Vivo V20 र भिभो भी २०एसई (Vivo V20 SE) हो।

तिनीहरू विगत साताहरुदेखि निरन्तर समाचारमा आईरहेका छन जसका बारेमा जानकारीहरु लीक भईरहेका थिए । हामीले भी २० डिभाइसकाका रेन्डरहरू पहिले नै देखिसकेका छौं । तर अहिलेको नयाँ रेन्डरले टिअर-ड्रप नोच डिजाइनमा फोन आउने देखिएको छ ।

भिभो भी २०

भिभो भी २० को रियर साइडमा हामी शीर्ष बायाँ कुनामा एउटा ठूलो क्यामरा मोड्युल प्राप्त गर्नेछौं। यो भर्खरै शुरू गरिएको एक्स फिप्टी (X50) सिरिजको क्यामरा सेटअप जस्तै छ। पछाडिबाट, डिभाइस निकै प्रिमियम देखिन्छ। त्यहाँ पछाडि ग्लास ब्याक कभर रहेको छ ।

भी २० लाई स्ट्यान्ड-आउट बनाउनको लागि भिभोले ग्रेडियन्ट कलर्स प्रयोग गरेको छ। त्यहाँ डिभाइसको तल बायाँपट्टि भागमा एउटा सानो भिभो ब्रान्डिग रहेको छ। भिभो भी २० स्टारी ब्ल्याक र ग्रेडियन्ट ब्लू कलर अप्सनमा उपलब्ध हुनेछन् ।

जेभएता पनि, हामी जब डिभाइसको अगाडिको भागमा जानेछौं त्यहाँ भने निकै फरक देखिनेछ । डिभाइस फ्रन्टबाट हेर्दा एक बजेट उन्मुख स्मार्टफोन जस्तो देखिन्छ। त्यहाँ एक पुरानो टिअर-ड्रप नोच डिजाइन रहेको छ, जुन पंच-होल भन्दा बढी कष्टकर हो । हालका नयाँ मोडलका स्मार्टफोनहरुले पन्च होललाई प्राथमिकतामा राखेको देखिन्छ । तर बेजेल र चिन भने सानो राखिएको देखिन्छ। यदि भिभोले पंच-होल नोच लागू गरेको खण्डमा डिभाइस अझ राम्रो हुने थियो ।

भिभो भी २०एसई

अर्कोतर्फ भिभो भी २०एसई भने भी २० को डाउनग्रेड मोडलको रुपमा आउनेछ । यसमा पनि डिजाइन करिब करिब समान नै रहेको छ तर यसको रियर क्यामरा भने ठाडो आकारमा राखिएको छ । यसमा पनि ट्रिपल क्यामरा सेटअप नै प्रयोग गरिएको छ । यो अक्सिजन ब्लू र ग्राभिटी ब्ल्याक कलर अप्सनमा आउनेछ ।

समग्रमा भन्दा भी २० सिरिज यसअघि अन्य बजारहरुमा लन्च भईसकेको भिभो एक्स ५० को कम मूल्यको फोन हुनेछ। तर अहिले सार्वजनिक भएको रेण्डर भन्दा केहि फरक डिजाइन र लूक्समा फोन आउन सक्नेछ त्यसैले यहि नै हो भनेर यकिन गर्न अझै सकिँदैन् ।

भिभो भी २० सिरिज सबैभन्दा पहिले सेप्टेम्बर २१ मा थाइल्याण्डमा लन्च हुने बताईएको छ । कम्पनीले यसको क्यामरा सिस्टमलाई बिक्रीको लागि आधार बनाउने अनुमान गरिएको छ भने यसले आगामी दिनमा आउन लागेको सामसङको एफ सिरिजलाई समेत चुनाैती दिने बताईएको छ ।

भिभोले नेपालीबजारमा पनि भी २० सिरिजका फोनहरु लन्च गर्ने तयारी गरेको छ । भिभो नेपालले नेपालमा अर्को महिना अक्टोबरमा मात्र बजारमा फोन ल्याउने अनुमान गरिएको छ । कम्पनीले दशैंको अवसर पारेर नयाँ फोन सिरिज लन्च गर्नेछ ।

प्रकाशित: ३ आश्विन २०७७, शनिबार

Comments are closed.

Loading...