गूगल म्याप्सलाई इन्टरनेट कनेक्सन बिना नै प्रयोग गर्न सकिन्छ, यस्तो छ तरीका

Technology Khabar ३ आश्विन २०७७, शनिबार

गूगल म्याप्सलाई इन्टरनेट कनेक्सन बिना नै प्रयोग गर्न सकिन्छ, यस्तो छ तरीका
Classic Tech

गूगल म्याप्स बाहिर घुम्न जाँदा वा नयाँ स्थानहरुमा जानको लागि पहिलो विकल्पको रुपमा हुने गर्दछ । पछिल्लो दिनमा यसलाई भरपर्दो नेभिगेसन एपको रूपमा प्रयोग गरिँदै आएको छ।

म्याप्सलाई राम्रोसँग काम गर्नको लागि राम्रो इन्टरनेट कनेक्सन हुनु आवश्यक छ। यद्यपि हाम्रोजस्तो देशमा ब्यान्डविथको कारण धेरै पटक इन्टरनेट कनेक्सन बिग्रन्छ र म्याप्स अवरुद्ध हुन्छ।

तर के तपाइँलाई थाहा छ कि नेभिगेसन एपमा खराब इन्टरनेटको लागि एक समाधान पनि छ। यदि तपाइँ सडक यात्राको योजना गर्दै हुनुहुन्छ भने, तब इन्टरनेट कनेक्सन बिना नै तपाईं गुगल म्याप्स अफलाइन प्रयोग गर्न सक्नुहुनेछ।

गूगलको यस सुविधाको माध्यमबाट प्रयोगकर्ताहरूले केही स्थानको नेभिगेसन वा नक्शा डाउनलोड गर्न सक्नेछन् र त्यसलाई पछि कुनै समयमा प्रयोग गर्दा इन्टरनेटको आवश्यकता पर्दैन।

एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूको लागि अफलाइनका लागि गूगल म्याप्स डाउनलोड गर्ने तरिका थाहा पाउनुहोस् ।

आईफोन र आईप्याडको लागि म्याप्स डाउनलोड गरेर अफलाइन प्रयोग गर्ने तरीका

१ तपाईंको आईफोन वा आईप्याडमा गूगल म्याप्स खोल्नुहोस्

२ निश्चित गर्नुहोस् कि तपाईं इन्टरनेट कनेक्सनमा हुनुहुन्छ र गूगल म्याप्समा साईन ईन गर्नुहोस्

३ अब गूगल म्याप्समा कुनै स्थानको नाम लेखेर उदाहरणको लागि नगरकोट नाम लेखेर खोज्नुहोस्

४ अब म्याप्सको तल्लो भागमा त्यस ठाउँको नाम वा ठेगाना प्रविष्ट गर्नुहोस् र त्यसपछि मोर लेखिएको स्थानमा ट्याप गर्नुहोस्

५ अफलाइन म्याप्सको लागि डाउनलोड गर्नुहोस्

एन्ड्रोइड फोन वा ट्याब्लेटको लागि म्याप्स डाउनलोड गरेर अफलाइन प्रयोग गर्ने तरीका

१ तपाईंको एन्ड्रोइड फोन वा ट्याब्लेटमा गूगल म्याप्स खोल्नुहोस्

२ निश्चित गर्नुहोस् कि तपाईं ईन्टरनेटमा जडित हुनुहुन्छ र गूगल म्याप्समा साईन ईन गर्नुहोस्

३ कुनै स्थान उदाहरणको लागि पोखरा खोज्नुहोस्

४ अब सबैभन्दा तल स्थानको नाम वा ठेगाना टाइप गर्नुहोस् र त्यसपछि यसलाई डाउनलोड गर्नुहोस्। यदि तपाईं रेस्टुरेन्ट खोज्न चाहानुहुन्छ भने, अंग्रेजीमा मोर लेखिएको स्थानमा ट्याप गर्नुहोस् र त्यसपछि डाउनलोड गर्नुहोस्।

उल्लेखित तरीकाहरुबाट आईओएस वा एन्ड्रोइड डिभाइसमा नक्शा डाउनलोड पछि, तपाईँले सामान्य तरिकाले गूगल म्याप्स प्रयोग गर्न सक्नुहुनेछ।

यदि तपाईंको इन्टरनेट कनेक्सन सुस्त छ वा बन्द छ भने अफलाइन म्याप्सले तपाईंलाई दिशा निर्देशनहरूको लागि मद्दत गर्दछ।

प्रकाशित: ३ आश्विन २०७७, शनिबार

Comments are closed.

Loading...