Technology Khabar २ आश्विन २०७७, शुक्रबार
काठमाडौं ।
इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएप निकै लोकप्रिय छ किनकि यसले आफ्ना प्रयोगकर्ताहरूको प्रत्येक सुविधाहरूको ध्यान राख्ने गर्दछ भने प्रयोगमा सजिलो रहेको छ।
अहिलेसम्म तपाईँले ल्यापटप वा डेस्कटपमा ह्वाट्सएप प्रयोग गर्न क्यूआर कोड स्क्यान गर्नुपर्ने अवस्था रहेको थियो, जसमा प्रयोगकर्ताहरुलाई केहि झन्झटिलो हुने गर्दथ्यो । तर अब यो प्रक्रिया परिवर्तन हुनेवाला छ।
चाँडै एउटा सुविधा एपमा आउँदैछ जसमा तपाईं फिंगरप्रिन्टको साथ मात्र प्रणालीमा ह्वाट्सएप खोल्न सक्नुहुनेछ।
ह्वाट्सएप अपडेटहरू अनुगमन गर्ने WABetaInfo काअनुसार, यसले ह्वाट्सएप एपको नयाँ एन्ड्रोइड बीटा (२.२०.२००) संस्करणमा फिंगरप्रिन्ट लगइन प्रणालीको परीक्षण गरिरहेको छ। यो सुविधा क्यूआर कोड इन्टरफेसको जस्तै गरि काम गर्दछ।
अहिलेको क्यूआर कोड स्क्यान गरेर मात्र तपाईं डेस्कटपमा ह्वाट्सएप प्रयोग गर्न सक्नुहुनेछ। तर अब भने फिंगरप्रिन्ट स्क्यानिग मार्फत अथेन्टिकेसन तपाईंबाट मागिनेछ। यो प्रक्रिया पहिले भन्दा बढी सजिलो हुनेछ। यद्यपि प्रयोगकर्ताहरूलाई यो प्रक्रियामा पनि स्मार्टफोनको आवश्यक पर्दछ। एजेन्सीका साथ
प्रकाशित: २ आश्विन २०७७, शुक्रबार