गूगलले भारतीय पेमेन्ट एप पेटीएमलाई प्ले स्टोरबाट हटाईदियो, यस्तो छ हटाउनुको कारण

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

गूगलले भारतीय पेमेन्ट एप पेटीएमलाई प्ले स्टोरबाट हटाईदियो, यस्तो छ हटाउनुको कारण

काठमाडौं ।

गूगलले शुक्रबार गूगल प्ले स्टोरबाट भारतीय पेमेन्ट एप पेटीएम एप हटाई दिएको छ । यसमा गूगलले स्पष्टिकरण दिँदै यसले कुनै जुवा (गेमिङ्ग) एपलाई समर्थन नगर्ने उल्लेख गरेको छ ।

कम्पनीको जुवा नीतिहरुको उल्लंघन को कारण यो कारबाही पेटिएममाथि लिईएको छ । पेटिएम र यपीआई एप वन९७ कम्युनिकेसन लिमिटेडद्वारा विकास गरिएको हो र यो हाल गूगल प्ले स्टोरमा खोजी गर्दा यो अब देखिदैन। यद्यपि एन्ड्रोइड स्मार्टफोनमा पहिले नै इन्स्टल भएको एपले भने काम गरिरहेको छ।

पेटीएम एपमा फ्यान्टासी गेम्स प्रचार गरिएकोे हुन्छ जसमा सट्टेबाजी हुने गर्दछ। सायद यही कारणले कम्पनीको नीतिअनुसार पेटिएम एपलाई हटाईएको हो।

पछिल्लो केही दिनदेखि, पेटीएम क्रिकेट लीगको प्रचार पेटीएममा निरन्तर देखाइदैछ। कम्पनीले दाबी गरेको छ कि यसमा भाग लिएर ग्राहकहरूले करोडौं रूपैयाँ जित्न सक्दछन्।

भारतमा गुगल प्ले स्टोरको नीतिले भन्छ कि यहाँ जुवा खेल्नु वैधानिक छैन, जुवासँग सम्बन्धित एपरू प्ले स्टोरमा अपलोड गर्न सकिदैन।

पेटिएम भुक्तान एप बाहेक, कम्पनीका अन्य एपहरु (पेटीएम फर बिजनेस, पेटीएम मनि, पेटीएम मल) आदि अझै पनि गूगल प्ले स्टोरमा उपलब्ध छन्।

गूगलले हालै आफ्नो ब्लगमा लेखेर सो बारेमा बताएको हो । जसमा भनिएको छ, ‘हामी अनलाइन क्यासिनोलाई अनुमति दिदैनौं। हामी त्यस्ता कुनै पनि एपलाई समर्थन गर्दैनौं जसले उपभोक्तालाई अर्को वेबसाइटमा लैजान्छ। यदि एक एपले ग्राहकलाई वेबसाइटमा लग्यो जहाँ उनीहरू नगद पुरस्कार जित्ने प्रतियोगितामा भाग लिन सक्दछन्। गूगलले कुनै पनि एपलाई यो गर्न अनुमति दिँदैन र त्यसो गर्नु भनेको गूगल नीतिहरूको उल्लंघन हो।’

गुगलका उपाध्यक्ष सुज्यान फ्रेले कम्पनीले अनलाइन क्यासिनोहरूलाई अनुमति नदिने वा कुनै अनियमित जुवा एप्स सपोर्ट नगर्ने बताईन जसमा खेलमा सट्टेबाजीको सुबिधा प्रस्ताव गर्दछ।

उता पेटिएम एपले भने यूजर्सलाई आफ्नो एप अस्थाईरुपमा मात्र हटेको र फेरी प्ले स्टोरमा आउने बताएको छ । कम्पनीले यूजर्सको रकम सुरक्षित रहेको र पेटिएम एमलाई सामान्यरुपमा चलाउन सक्ने बताएको छ ।

पेटिएम एपका भारतमा ५ करोड सक्रिय मासिक प्रयोगकर्ताहरु छन् ।

easy care

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार