सोनीको पावरफुल स्मार्टफोन ‘सोनी एक्सपेरिया ५ टू’ सार्वजनिक, हेर्नुस् फीचरहरु

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

सोनीको पावरफुल स्मार्टफोन ‘सोनी एक्सपेरिया ५ टू’ सार्वजनिक, हेर्नुस् फीचरहरु

काठमाडौं ।

सोनीले एक्सपेरिया सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको तर्फबाट यो स्मार्टफोन बजारमा सोनी एक्सपेरिया ५ टू नामको साथ बजारमा ल्याइएको छ, जुन हाल अमेरिकी बजारमा मात्र उपलब्ध हुनेछ।

एउटा आकर्षक डिस्प्ले र उत्कृष्ट लूकका साथ, यो फोन शक्तिशाली स्पेशिफिकेसनहरुको साथ सुसज्जित छ, जुन अमेरिकी बजारमा ९९५ अमेरिकी डलरमा लन्च भएको हो ।

सोनी एक्सपेरिया ५ टू (Sony Xperia 5 II) सिनेमावाइड एफएचडी डिस्प्लेसहित आएको छ जसमा ६.१ इन्चको स्क्रीन राखिएको छ । जसको डिस्प्ले २५२०x१०८० पिक्सेल रेजोलुसनको साथ आउँछ भने डिस्प्लेलाई कोर्निंग गोरिल्ला ग्लास ६ द्धारा सुरक्षित पारिएको छ।

सोनी एक्सपेरिया ५ टू को डिस्प्ले १२० हर्ट्ज रिफ्रेस रेट र २४० हर्ट्ज टच स्याम्पलिंग रेट सपोर्ट गर्दछ जसले स्क्रिनको प्रयोग धेरै सहज र लगफ्री बनाउँछ। सोनीले यस फोनमा ब्राभिया एक्स १ कलर सिस्टम प्रयोग गरेको छ।

सोनी एक्सपेरिया ५ टू एन्ड्रोइड १० ओएसमा आधारित रहेर संचालन हुन्छ जुन क्वालकमको ७ एनएम टेक्नोलोजीमा आारित ओक्टा-कोर प्रोसेसर क्वालकम स्न्यापड्रागन ८६५ चिपसेटमा चल्दछ। यस फोनमा ग्राफिक्सका लागि एड्रेनो ६५० जीपीयू दिइएको छ। सोनीले यो फोन ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भर्सनमा ल्याएको छ । कार्डको माध्यमबाट फोनको स्टोरेज १ टिबीसम्म बढाउन सकिन्छ।

फोटोग्राफीको लागि सोनी एक्सपेरिया ५ टूमा ट्रिपल रियर क्यामरा राखिएको छ । एफ/१.७ अपर्चरको साथ १२ मेगापिक्सेलको एक्समोर आरएस सेन्सर फोनको पछाडिको प्यानलमा दिइएको छ। यसका साथै एफ/२.२ अपर्चर सहितको १२ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र १२ मेगापिक्सेल टेलिफोटो लेन्स एफ/२.४ अपर्चरको सपोर्ट  गर्दछ। सेल्फीका लागि यस फोनमा एफ/२.० अपर्चरको साथ ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ ।

सोनीको नयाँ फोन ५जी र ४जी भीओएलटीई दुबै सपोर्ट गर्दछ भने यसमा डयूल सिम सपोर्ट छ । फोनलाई पावर दिनका लागि यसमा ४००० एमएएचको ब्याट्री प्याक राखिएको छ। एजेन्सी

easy care

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार