सामसङद्वारा १०८ मेगापिक्सेलको नयाँ क्यामरा सेन्सर सार्वजनिक

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

सामसङद्वारा १०८ मेगापिक्सेलको नयाँ क्यामरा सेन्सर सार्वजनिक
Classic Tech
Nepal Telecom

गत वर्ष ०.७µm पिक्सेलको पहिलो इमेज सेन्सर सार्वजनिक गरेको सामसङले हालै यसैमा आधारित ४ नयाँ मोडलका सेन्सरहरुको विकास गरेको छ।

०.८µm को तुलनामा यी सेन्सरहर १५ प्रतिशतसम्म साना छन् भने साना क्यामेराहरुका लागि सुहाउँदो हिसाबले क्यामराहरुले त्यसको १० प्रतिशत मात्र लिने गरी बनाइएको छ।

यी आईसकसेल (ISOCELL) सेन्सरहरुका पहिलो संस्करण थिए तर कम्पनीले यसै वर्षको अन्त्यसम्म आईसकसेल २.० भर्जन ल्याउने तयारीमा छ। आईसकसेल एचएम२ सामसङको तेस्रो १०८ मेगापिक्सेल सेन्सर हो। एचएम१ ले जस्तै यसले ९ पिक्सेल बिनिङ प्रविधि प्रयोग गरी ३ गुणासम्म जुम गर्न सक्छ।

यसले पहिलेका सेन्सरहरुले झैं सुपर पीडी अटोफोका साथै ४के मा १२० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ गर्न सक्छ। यो साइजमा एचएम१ भन्दा सानो छ। आईसकसेल जीडब्लु३ यो ०.८µm को ४८ मेगापिक्सेल भए पनि ६४ मेगापिक्सेलको रिजोल्युशन प्रदान गर्न सक्छ। यसमा टेट्रासेलको फवर इन वन बिनिङ प्रविधि प्रयोग भएको छ भने यसमा राम्रो फोटो तथा भिडियोका लागि स्मार्ट आईएसओ राखिएको छ।

यसले ४के भिडियो ६० फ्रेम प्रतिसेकेन्डमा लिन सक्छ भने यसले इलेक्ट्रोनिक इमेज स्टाबलाइजेशन पनि सपोर्ट गर्दछ।

यीमध्ये पहिलो दुई सेन्सर मुख्य क्यामरामा बढी केन्द्रित छ भने आईसकसेल जीएम५ भने पेरिस्कोप जूम तथा अल्ट्रा वाइड एङ्गल क्यामरामा प्रयोग हुनेछ। यसले अल्ट्रा वाइड क्यामेरा प्रयोग गर्दा ४८ मेगापिक्सेलको रेजोल्युशनमा ४८० फ्रेम प्रतिसेकेन्डका दरले १०८० पिक्सलको तथा १२० फ्रेम प्रतिसेकेन्डका दरले ४के भिडियो खिच्न सक्छ।

पेरिस्कोप क्यामरा भएका कारण यसले ६० फ्रेम प्रतिसेकेन्डका दरले पनि ४के भिडियो खिच्न सक्छ। आईसकसेल जेडी१ यो क्षेत्रकै पहिलो ३२ मेगापिक्सेलको सेन्सर भएका कारण आईसकसेल जेडी१ पन्च होल र पप अप सेल्फी क्यामराका लागि बनाइएको हो। यसको साइज १.० µm को १६ मेगापिक्सल क्यामेराको जत्रो छ।

माथि उल्लिखितमध्ये GM5 र JD1 सेन्सर एचडीआर प्रविधि सपोर्ट गर्ने पहिलो सेन्सरहरु हुन्। JD1 मोडलमा टेट्रासेल प्रयोग गरिएकाले १.४µm पिक्सल सपोर्ट गर्दछ भने इमेज सेन्सरमा लामो मध्यम तथा छोटो गरी तीन फरक फरक एक्सपोजर पठाउँछ।

पुराना एचडीआर भन्दा अहिले यी सेन्सरले सहितको एचडीआर धेरै छिटो काम गर्ने तथा कम मात्र ब्याट्री खपत गर्ने सामसङको दावी छ। माथिकामध्ये ISOCELL HM2, GW3 र JD1 बृहत् उत्पादमा गइसकेका छन् भने GM5 मूल्यांकनका लागि उत्पादककहाँ पठाइएको छ। एजेन्सी

TK Viber

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार

Loading...