फोर्डको इलेक्ट्रिक एफ १५० पिकअप ट्रक निर्माण गर्ने प्लान्ट बनाउन शुरु

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

फोर्डको इलेक्ट्रिक एफ १५० पिकअप ट्रक निर्माण गर्ने प्लान्ट बनाउन शुरु
Classic Tech

फोर्डले डियरबोर्न, मिशिगनको बाहिरी भागमा नयाँ म्यान्युफ्याक्चरिङ्ग प्लान्ट शिलन्यास गरेको छ जहाँ यसले आफ्नो अत्यन्त लोकप्रिय पिकअप ट्रक एफ १५० को इलेक्ट्रिक संस्करण निर्माण गर्नेछ।

अटोमेकरको ऐतिहासिक रुज कम्प्लेक्सको बीचमा रहेको नयाँ फ्यासिलिटी समयमा नै पुरा हुनेछ जहाँ कम्पनीले सन् २०२२को मध्यदेखि नयाँ इलेक्ट्रिक ट्रक उत्पादन सुरु गर्नेछ।

एफ १५० ईभीको त्यो रिलिज मिति भनेको सडकमा फोर्डको प्रतिद्वन्द्वीहरु बाट इलेक्ट्रिक पिकअप पुरै आईसकेपछिको समय हुनेछ । टेस्लाको साइबरट्रक र जनरल मोटर्सको इलेक्ट्रिक हम्मर पिकअप २०२१ को अन्त्यमा रिलीज हुन लागेको छ। ईभी स्टार्टअप रिभियनले २०२१ को शुरुमै (इलेक्ट्रिक एसयूवीको साथ) पहिलो इलेक्ट्रिक ट्रक बजारमा पठाउने लक्ष्य राखेको छ।

फोर्डले रुज इलेक्ट्रिक भेहिकल सेन्टर निर्माण गर्न ७०० मिलियन डलर खर्च गरिरहेको छ, जसले विद्युतीय एफ १५० बाहेक, एफ १५० पावर बुस्ट संस्करणको पनि उत्पादन गर्नेछ। अटोमेकरका अनुसार नयाँ सुविधाले ब्याट्री असेम्ब्ली र एफ १५० पावर बुस्ट हाइब्रिड र पूर्ण इलेक्ट्रिक एफ १५० उत्पादनमा ३०० नयाँ रोजगारीलाई सहयोग पुर्‍याउँछ। एजेन्सी

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार

Comments are closed.

Loading...