फेसबुकद्वारा अक्युलस क्वेस्ट २ भीआर हेडसेट सार्वजनिक, एआर स्मार्ट ग्लासको पनि घोषणा

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

फेसबुकद्वारा अक्युलस क्वेस्ट २ भीआर हेडसेट सार्वजनिक, एआर स्मार्ट ग्लासको पनि घोषणा

काठमाडौं ।

फेसबुक कनेक्ट नामको एक इभेन्टमा हालै कम्पनीले थुप्रै उत्पादनहरु सार्वजनिक गरेको छ। यो इभेन्टलाई यसअघि अक्युलस इभेन्टका नामबाट आयोजना गर्ने गरिएको थियो।

यो एउटा भर्चुअल र अग्मेन्टेड रियालिटी कन्फरेन्स हो र यस क्रममा कम्पनीले रियालिटी बेस्ड उत्पादन र सेवाका बारेमा घोषणा गर्दै आएको छ।

यो फेसबुकको भर्चुअल रियालिटी अक्युलसमा केन्द्रित हुन्छ। यसपटक फेसबुकले रे ब्यानसँग मिलेर बनाउन लागेको एआर स्मार्ट ग्लासको घोषणा पनि गरेको छ।

एक्युलस क्वेस्ट २ भर्चुअल रियालिटी हेडसेट
फेसबुकले अबदेखि आफ्ना सबै भर्चुअल रियालिटी मा आधारित भीआर हार्डवयरलाई अक्युलस क्वेस्ट २ नाम दिएर सार्वजनिक गर्दैछ। यो भर्चुअल रियालिटी हेडसेट हेर्दा यसैको अघिल्लो भर्जन जस्तै देखिन्छ। तर वजनमा भने अघिल्लो भर्जनभन्दा केही हलुको छ। यसमा टच कन्ट्रोलका साथै अप्टिमाइज्ड कन्ट्रोलर ट्र्याकिङ पनि समावेश गरिएको छ। कम्पनीका अनुसार यस हेडसेटमा क्वालकम स्न्यापड्रागन एक्सआर२ प्लाटफर्म दिइएको छ भने यसले आर्टिफिसियल इन्टेलिजेन्स पनि सपोर्ट गर्छ।

यो भीआर हेडसेटमा १८३२x१९२० को रेजोल्युशन भएको डिस्प्ले तथा ६ जीबीको र्‍याम दिइएको छ धने यसले ९० गिगा हर्जको रिफ्रेश रेट सफेर्ट गर्दछ। यसमा तीनवाटा छुट्टाछुट्टै लेन्स पोजिशन दिइएको छ जसका कारण आवश्यकता अनुसार राम्री फिट गर्न सजिलो हुन्छ।

यस हेडसेटसँगै क्वेस्ट कन्टेन्ट लाइब्रेरी पनि दिइनेछ जसमा जुरासिक वर्ल्ड आफ्टरमथ, मिस्ट, पिस्टल व्हिपजस्ता लोडेड कन्टेन्ट राखिनेछन्। अक्युलस क्वेस्ट २ को मूल्य २९९ डलरबाट शुरु हुने र आउँदो अक्टेबर १३ देखि अमेरिकामा बिक्री पनि शुरु गरिनेछ।

स्मार्ट ग्लास
फेसबुकले आफ्नो पहिलो स्मार्ट ग्लास रे ब्यानसँग मिलेर बनाउँदैछ। अर्को वर्ष सार्वजनिक गर्ने गरी निकालिने यो एआर स्मार्ट ग्लास अहिले बजारमा देखिएका स्मार्ट ग्लासभन्दा अलग रहने कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीले प्रोजेक्ट एरिया को घोषणा गरेको छ भने यसैका लागि एरिया ग्लास आफ्ना कर्मचारीहरुलाई दिएर परीक्षण पनि गरिरहेको बताइएको छ।

कम्पनीका सीईओ मार्क जुकरबर्गले यो एआर ग्लास परीक्षणको क्रममा रहेको बताएका छन्। कार्यक्रममा उक्त उत्पादनको बारेमा रहेको अनुसन्धान प्रतिवेदन देखाइएको थियो। कार्यक्रममा एआर ग्लास मुख्य गरी अडियोमा आधारित हुने र यसले अरु स्मार्ट ग्लासले जस्तो दृश्य नदेखाउने पनि जानकारी दिएको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार

ताजा समाचार