फेसबुक र गूगलले स्थानिय सञ्चारमाध्यमलाई शुल्क तिर्नुपर्ने कानून अस्ट्रेलियामा बनाईँदै

Technology Khabar १ आश्विन २०७७, बिहीबार

फेसबुक र गूगलले स्थानिय सञ्चारमाध्यमलाई शुल्क तिर्नुपर्ने कानून अस्ट्रेलियामा बनाईँदै
Classic Tech
Nepal Telecom

फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानूनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ ।

तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानूनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । तर सो मस्यौदाबारेमा कम्पनीहरुसँग समेत अन्तिम धारणा माग गरेको छ ।

अस्ट्रेलियाली प्रतिस्पर्धा र उपभोक्ता आयोग (एसीसीसी)का अध्यक्ष रोड सिम्सले आफूले कानूनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताएका छन् ।

प्रस्तावित कानुनमा अक्टोबरको शुरुदेखि नै फेसबुक र गूगलले अस्ट्रेलियाली स्थानीय संचारमाध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा संचार माध्यमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था समेटिएको छ ।

उता फेसबुकले भने नयाँ प्रस्तावित कानुनको विरोध गर्दै समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामाग्री आफ्नो साइटमा शेयर गर्न नसकिने बनाउने चेतावनी दिएको छ ।

‘यसो भएमा अस्ट्रेलियाको प्रजातन्त्रको लागि लज्जाको विषय हुनेछ र फेसबुकका प्रयोगकर्ताहरुको लागि लाजमर्दो हुनेछ,’ रोड सिम्सले भने ।

गूगलले पनि प्रस्तावित कानूनले गूगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने जनाएको छ । गूगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुन सक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु संचार माध्यममा पुग्न सक्ने बताएको छ ।

सिम्सले अमेरिकी सामाजिक संजालका प्लेटफर्मसँग प्रस्तावित कानूनका बारेमा छलफल गरिरहेको बताएका छन् । प्रस्तावित कानूनका बारेमा अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ ।

सिम्सले गूगलले उठाएका केही सरोकार जायज रहेका र त्यसलाई सच्याउन कानूनी व्यवस्था गरिने बताए । उनले गूगल वा फेसबुकले भनेझैं सबै कुरा फेरबदल गर्न नसकिने बताए ।

अष्ट्रेलियामा प्रस्ताव गरिएको कानूनमा यदि कुनै इन्टरनेट कम्पनीले स्थानीय मिडिया आउटलेटसँग सम्झौता गर्न सक्दैन भने मध्यस्थले भुक्तानी सर्तहरू सेट गर्ने समावेश छ । जसले गर्दा फेसबुकले एउटा प्रावधानले असीमित रोयल्टी तिर्न बाध्य तुल्याउने बताउँदै आएको छ।

स्पेन र फ्रान्सले पनि बौद्धिक कानुन मार्फत समाचारका लागि फेसबुक र गूगलमाथि भुक्तानीको दाबी गर्ने अभियान संचालन गरे पनि त्यो असफल भएको थियो । यस विषयमा संयुक्त राज्य अमेरिका र युरोपमा पनि उस्तै समस्या रहेका छन् ।

हालको अस्ट्रेलियाको कानून र यसको प्रभावकारीतालाई विश्वभरबाट नियालीरहेका छन् । किनकी विश्वका अधिकांश देशका संचारमाध्यमहरुले विज्ञापन सामाजिक सञ्जालहरुलाई बुझाउनुपर्ने बाध्यता रहेको छ । परम्परागत मिडियाहरुले विज्ञापनबाट हुने आम्दानी समेत सोही कारणले गुमाईरहेका छन भने सामाजिक सञ्जालहरुमा विज्ञापनको बाढी आएको छ । एजेन्सी

TK Viber

प्रकाशित: १ आश्विन २०७७, बिहीबार

Comments are closed.

Loading...