Technology Khabar १ आश्विन २०७७, बिहीबार
नेपाल टेलिकमले समर अफर अन्तरगतको दैनिक १ जीबी डाटा उपलब्ध गराउँदै आएको डाटा प्याक अफरको शुल्क घटाएको छ।
कम्पनीले संविधान दिवसको अवसर पारेर सो डाटा प्याकको शुल्कमा करिब ३५ प्रतिशत छुट दिएको हो ।
हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे (1 GB per day) डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुनेछ।
संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
प्रकाशित: १ आश्विन २०७७, बिहीबार