काठमाडौं महानगरपालिकाले शुरु गर्यो अनलाइन राजस्व प्रणाली

Technology Khabar १ आश्विन २०७७, बिहीबार

काठमाडौं महानगरपालिकाले शुरु गर्यो अनलाइन राजस्व प्रणाली
फाइल
Global IME Bank

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ।

महानगरपालिकाले आज वडा नंम्बर २६ लगायत १० वटा वडाहरुबाट विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन सेवा सुचारु गरेको हो।

महानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत एकनारायण अर्यालले बताए ।

सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरैबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए । कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अव त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए ।

वडा नम्बर २६ का वडाध्यक्ष तिवारीकाअनुसार अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ।

यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ।

Sajilo Visa

प्रकाशित: १ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया