विश्वका प्रमुख ५ नोटबुक ब्रान्डहरुको अगस्ट महिनाको मागमा उच्च वृद्धि

Technology Khabar ३१ भाद्र २०७७, बुधबार

विश्वका प्रमुख ५ नोटबुक ब्रान्डहरुको अगस्ट महिनाको मागमा उच्च वृद्धि
स्थानिय पसलमा ल्यापटप हेर्दै ग्राहकहरु । फाइल फोटो

काठमाडौं ।

विश्वका शीर्ष ५ नोटबुक ब्रान्डको अगस्त २०२० मा संयुक्त शिपमेन्ट (डिटेचेबल मोडेलहरू समावेश नगरी) २०२० का लागि नयाँ उच्च मापदण्डमा पुगेको छ ।

डिजिटाइम्सको अनुसन्धानअनुसार उपभोक्ता वर्गमा मागमा बृद्धि भएको थियो भने अर्कोतर्फ जापानको जीआईजीए स्कूल प्रोजेक्टबाट शिक्षा खरीद आदेशले गर्दा माग बिस्तारै वर्षको शिखरमा पुगेको थियो।

जापान र अमेरिकाको शिक्षा क्षेत्रको ठूलो मागको कारण हेल्वेट-प्याकार्ड (एचपी)ले अगस्टको सिपमेन्ट ५० लाख युनिटमा पुन उक्लिएको अनुभव गरेको छ ।

यदपि अमेरिकाले जुलाईमा लेनोभोको एक प्रमुख चिनियाँ क्रोमबुक आपूर्तिकर्तालाई व्यापार प्रतिबन्ध लगाए पनि अगस्टमा लेनोभोको नोटबुक सिपमेन्ट शिक्षा क्षेत्रको गहन आदेशका कारण माग सो महिना १२ प्रतिशतले बढेको थियो।

तर यसैबिचमा ल्यापटप मेकर डेलले भने अगस्टमा सिपमेन्टमा गिरावटको सामना गर्नु पर्‍यो किनभने यसको इन्टरप्राइज र उपभोक्ता दुवै क्षेत्रहरुको अर्डर आदेश जुलाई देखि खस्किएको थियो।

शीर्ष ३ ओडीएमहरूले एकसाथ अगस्टमा आम्दानीमा २ प्रतिशत मासिक बृद्धि भएको अनुभव गरेका छन्।

जापानको शिक्षा क्षेत्रबाट क्रोमबुक अर्डरहरूमा आएको वृद्धिका साथ क्वान्टा कम्प्युटर, जुन सबैभन्दा ठूलो क्रोमबुक आपूर्तिकर्ता पनि हो, प्रतिस्पर्धीहरूको बीचमा पनि आफ्नो नेतृत्व बिस्तार गर्न सक्षम भएको छ।

easy care

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

ताजा समाचार