‘मेरो सेयर’ मोबाइल एप लञ्च, आधिकारीक एप मात्र डाउनलोड गर्न सीडीएससीको आग्रह

Technology Khabar ३१ भाद्र २०७७, बुधबार

‘मेरो सेयर’ मोबाइल एप लञ्च, आधिकारीक एप मात्र डाउनलोड गर्न सीडीएससीको आग्रह
Classic Tech

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बुधबार ‘मेरो सेयर’ मोबाइल एप्स लञ्च गरेको छ । कम्पनीले मेरो शेयरको मोबाइल एपको बिटा भर्सन गूगल प्लेस्टोरमा उपलब्ध गराएको छ।

गूगल प्लेमा अपलोड भएको एप रिभ्यु चरणमा रहेको र गूगलले एप भेरिफाई गरेपछि मात्र लगानीकर्ताले डाउनलोड गर्न सक्नेछन् ।

मोबाइल एप गूगलबाट अनुमति पाएपछि मात्र प्लेस्टोरमा देखिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

यसअघि गूगलले तत्काल एप रिभ्यु गरेर अपलोड गर्दै आएकोमा अहिले केही समय लाग्ने भएकाले तत्काल लगानीकर्ताले एप डाउनलोड गर्न नसक्ने सिडिएससी जानकारी दिएको छ।

परीक्षणका लागि लञ्च गरिएको सो मोबाइल एपमा हाल आस्वा सेवा उपलब्ध हुने छैन । बिटा भर्सनको एपमा पोर्टफोलियो हेर्ने, शेयरको विद्युतीय हस्तान्तरणलगायतका सेवा परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ ।

सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा समावेश भएका फिचरहरु नै राखिएको सो एपमा हाल लगानीकर्ताहरुले सीडीएससीको वेबभर्सनमा रहेको सेयर विवरण, पोर्टफोलियो, आइपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औसत लागत गणना, इडीआइएस जस्ता सुविधाहरु समावेश छन् ।

उक्त मोबाइल एप हाललाई एन्ड्रोइड मोबाइल तथा ट्याबलेटहरुमा मात्र उपलब्ध हुने बताइएको छ । परीक्षण पूरा गरी पूर्ण रुपमा एप सञ्चालनमा आएपछि मात्र एप्पलको एप स्टोरमा पनि एप उपलब्ध हुने सिडिएससीले जनाएको छ ।

माथि तस्बिरमा उल्लेख गरिएअनुसारको एप मात्र डाउनलोड गर्न पनि सिडिएससीले आग्रह गरेको छ । एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न लगानीकर्तालाई आग्रह गरिएको छ ।

साथै कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको पनि सिडिएससीले प्रष्ट पारेको छ ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

Leave a Reply

Loading...