केटीएमका सबै मोटरसाइकल बीएस ६ इन्जिनमा, २०२० को नयाँ रेन्जमा लन्च

Technology Khabar ३१ भाद्र २०७७, बुधबार

केटीएमका सबै मोटरसाइकल बीएस ६ इन्जिनमा, २०२० को नयाँ रेन्जमा लन्च
Classic Tech

केटीएमले नेपालमा बिक्री गर्दै आएको सबै मोटरसाइकल प्रदुषण मापदण्ड बीएस ६ अनुसारको ल्याएको छ । कम्पनीले यसअघि बिक्री गर्दै आएको सबै मोटरसाइकलको अपग्रेड भर्सन नेपाल ल्याएको हो ।

केटीएमका मोटरसाइकल नेपालमा गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलाचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको छ । आफ्ना सबै मोडल बीएस ६ सार्वजनिक गरेसँगै केटीएम नेपालमा आफ्ना सबै उत्पादन बीएस ६ इन्जिनमा ल्याउने पहिलो कम्पनी बनेको छ ।

कम्पनीले केटीएम ड्यूक १२५, ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, केटीएम आरसी २००, आरसी ३९० मोडल बीएस ६ इन्जिनमा आजदेखि बिक्री सुरु गरेको हो ।

केटीएम ड्यूक १२५ को मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ, ड्यूक २०० को ५ लाख ३९ हजार ९०० रुपैयाँ, ड्यूक २५० को ६ लाख ३९ हजार ९०० रुपैयाँ, ड्यूक ३९० को ८ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरि केटीएम आरसी २००को ६ लाख १४ हजार ९०० रुपैयाँ र आरसी ३९० को ८ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

Leave a Reply

Loading...