एप्पलले सार्वजनिक गर्‍यो वाच सिरिज ६, आईप्याड एअर र अन्य सेवाहरु

Technology Khabar ३१ भाद्र २०७७, बुधबार

एप्पलले सार्वजनिक गर्‍यो वाच सिरिज ६, आईप्याड एअर र अन्य सेवाहरु
Classic Tech

एप्पलले मंगलवारको इभेन्टमा आफ्ना थुप्रै उत्पादनहरु सार्वजनिक गर्यो तर त्यस सूचीमा बहुप्रतीक्षित आईफोन १२ भने परेन।

त्यसको सट्टा एप्पलले उसको सबैभन्दा द्रुत चिपसेट ए १४ बायोनिकयुक्त साथै कीबोर्ड र पेन्सिल सपोर्ट गर्ने ८ औं जेनेरेशनको आईप्याड सार्वजनिक गर्‍यो। त्यस बाहेक रगतमा रहेको अक्सिजनको लेभल नाप्ने तथा फल डिटेक्सनसहित सुधारिएको मेडिकल डायग्नोस्टिकयुक्त एप्पल वाच सिरिज पनि सार्वजनिक गरिए।

नयाँ अपरेटिङ सिस्टमको घोषणा
एप्पलका सीईओ टिम कूकले आई प्याड आईओएस १४ तथा टीभी ओएस १४ को घोषणा गरे जसमा पिक्चर इन पिक्चर, एप्पल म्युजिक लिरिक्स तथा मल्टि युजर गेम सपोर्ट गर्ने हुनेछ भने यी ओएसहरु आजदेखि उपलब्ध हुने डिभाइसहरुमा आउनेछन्। एप्पलले हिजो सार्वजनिक भएको आईप्याड शत प्रतिशत रिसाइकल गरिएको एल्युमिनियमबाट बनेको केसिङ तथा सोल्डरमा पनि रिसाइकल गरिएको टिन प्रयोग गरिएको हुने बताएको छ।

आईप्याड एअर

एज टु एज डिस्प्ले भएको आईप्याड एअर एप्पलले नयाँ उत्पादनको हुलमा बेजलरहित एज टु एज डिस्प्ले भएको १०।९ इञ्चको आईप्याड एअर पनि सार्वजनिक गरेको छ। ल्यामिनेट कोटिङमा आउने यो आईप्याडमा पावर बटन नजिक टच आईडी रहेको छ भने लिक्विड रेटिना डिस्प्लेसहितको रहनेछ। आईप्याड प्रो को जस्तै डिजाइन रहेको यो नयाँ संस्करणमा युएसबी सी पोर्ट रहेको छ भने स्पिकरलाई पनि नयाँ डिजाइनमा राखिएको छ। नयाँ रंग संयोजनमा एप्पल वाच सिरिज ६ सेप्टेम्बर १५ मा सार्वजनिक गरिएको

एप्पल वाच सिरिज ६

अर्को उल्लेख्य उत्पादन हो एप्पल वाच सिरिज ६। एप्पल वाच सिरिज ६ को डिजाइन ४ र ५ जस्तै छ भने यसमा अक्सिमिटर उपलब्ध हुनेछ। त्यस बाहेक यसले अघिल्लो वर्षको सिरिज ५ लाई विस्थापित गर्ने अपेक्षा राखिएको छ। यसलाई एस६ चिपले द्रुत बनाएको छ भने अल्टिमिटर लगायतका सेन्सर थपिएका छन्। यसमा मिमोजी थिम सहित थुप्रै वाच फेसहरु उपलब्ध हुनेछन्। सेप्टेम्बर १८ बाट बजारमा उपलब्ध हुने बताइएको एप्पल वाच सिरिज६ को हिजोबाट नै अमेरिका लगायत अरु थुप्रै देशमा प्रि बुकिङ सुरु भइसकेको छ। यसका साथै कम्पनीले सस्तो सिरिजमा वाच एसई पनि लन्च गरेको छ ।

फिटनेस प्लस
एप्पल वाचमा फिटनेस प्लसको सेवा पनि शुरु गरिएको छ। यसमार्फत कसरत गर्नेहरुले एप्पल वाचमै आवश्यक जानकारी पाउन सक्छन्।

ह्याण्डवाशिङ डिटेक्शन
विश्वभर कोरोनाले सताइरहेको बेला एप्पलले मानिसहरुले हात धोए नधोएको रेकर्ड राख्न नयाँ सार्वजनिक भएको एप्पल वाचमा ह्याण्डवाशिङ डिटेक्शन सेवा समावेश भएको छ। त्यस बाहेक एप्पलका चीफ अपरेटिङ अफिसर जेफ विलियम्सका अनुसार यसमा पहिलेको भन्दा २० प्रतिशत द्रुत काम गर्ने चिप जडान गरिएको छ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

Leave a Reply

Loading...