एप्पलले ल्यायो ‘एप्पल वन’ बन्डल सब्सक्रिप्सन सर्भिस, मासिक १४.९५ डलरदेखि शुरु

Technology Khabar ३१ भाद्र २०७७, बुधबार

एप्पलले ल्यायो ‘एप्पल वन’ बन्डल सब्सक्रिप्सन सर्भिस, मासिक १४.९५ डलरदेखि शुरु

काठमाडौं ।

अमेरिकी कम्पनी एप्पलले आफ्नो टाइम फ्लाइज कार्यक्रममार्फत एप्पल वन सदस्यता सेवा सुरू गरेको छ। एप्पल वन एक बन्डल सदस्यता सेवा हो जस अन्तर्गत एप्पलका धेरै सेवाहरू उपलब्ध हुनेछन्।

एप्पल वन तीन विकल्पमा उपलब्ध हुनेछ।जसअन्तरगत एप्पल वन व्यक्तिगत सदस्यता पारिवारिक सदस्यता र प्रिमियर सेवा उपलब्ध हुनेछ ।

यसमध्ये सबैभन्दा सस्तो सदस्यता व्यक्तिगत अन्तरगत १४.९५ डलरमा उपलब्ध हुनेछ । जसमा एप्पल म्यूजिक, एप्पल टिभी प्लस, एप्पल आर्केड र ५० जीबीको क्लाउड स्टोरेज एप्पल वन सदस्यता अन्तर्गत दिइनेछ।

त्यस्तै प्लान एप्पल वन फ्यामिली सदस्यता सेवामा पनि लागू हुनेछ तर यसको शुल्क भने १९.९५ डलर रहेको छ तर यसमा क्लाउड स्टोरेज २०० जीबी हुनेछ।

यसको सबैभन्दा महंगो र माथिल्लो सब्सक्रिप्सन सर्भिसअन्तरगत एप्पल वन प्रिमियर रहेको छ । यसमा अन्य प्लानहरुसहित एप्पल न्यूज प्लस र एप्पल फिटनेस प्लस थप गरिएको छ भने यसमा २ टेराबाइटको क्लाउड स्टोरेज उपलब्ध हुनेछ।

एप्पल वन परिवार योजनाको बारेमा कुरा गर्दा यो परिवारका ६ जना सदस्यहरूसँग साझा गर्न सकिन्छ। एप्पल वन प्रीमियर विशेषगरि अमेरिकी र बेलायत जस्ता देशका लागि ल्याएको हो ।

कम्पनीकाअनुसार यो सेवा लिँदा व्यक्तिगतरुपमा मासिक ६ डलर पारिवारिकरुपमा ८ डलर बचत गर्न सकिने दाबी गरेको छ ।

प्रिमियर प्लानमा मासिक २९.९५ डलर शुल्क तोकिएको छ । जसमा अन्य सेवाहरु छुट्टाछुट्टै लिनुभन्दा सस्तो पर्ने बताईएको छ ।

एप्पल वन बन्डल सेवा लिँदा, प्रयोगकर्ताहरूलाई बिभिन्न एप्समा सदस्यता लिने झंझट हुँदैन, र एकै समयमा यदि उनीहरूले सबै एपको सदस्यता थप्छन् भने त्यो पनि सस्तो हुन्छ।

अझ यसमा एप्पल कार्ड भएका ग्राहकहरुलाई ३ प्रतिशत छुट हुनेछ भने नयाँ सेवाग्राहीलाई ३० दिनको परीक्षण काल दिईएको छ ।

एप्पल वन प्रिमियर प्लान हाल एप्पल न्यूज प्लसको सिमितताका कारणले गर्दा केबल अमेरिका, बेलायत क्यानाडा र अस्ट्रेलियामा मात्र उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

ताजा समाचार