Technology Khabar ३० भाद्र २०७७, मंगलवार
वर्ल्डलिङ्क कम्युनिकेशन्सले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो
सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
२५ वर्ष पुरा गरेको अवसरमा भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको सुनाए ।
त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई थियो ।
‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने ।
कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्याउने योजनाका साथ पहल भइरहेको जनाएको छ ।
प्रकाशित: ३० भाद्र २०७७, मंगलवार