वर्ल्डलिंककै नेटवर्कको आधारमा वायरलेस सेवा गाउँहरुमा पुर्याएँ- डा. महाबीर पुन

Technology Khabar ३० भाद्र २०७७, मंगलवार

वर्ल्डलिंककै नेटवर्कको आधारमा वायरलेस सेवा गाउँहरुमा पुर्याएँ- डा. महाबीर पुन
Classic Tech
Nepal Telecom

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाबीर पुनले आफूले देशका दूर्गम भेगमा गरेको वायरलेस नेटवर्कको कार्यमा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको ठूलो सहयोग रहेको बताएका छन् ।

उनले आफ्नो कार्य र आफूलाई चिनाउन वर्ल्डलिकंको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

वर्ल्डलिंकको २५औं वार्षिकोत्सवको अवसरमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा आफ्नो वायरलेस सेवा संचालनको अनुभव साट्दै प्रविधिविज्ञ पुनले वर्ल्डलिंकसँगको सम्बन्ध १६ वर्षदेखि निरन्तर रहेको जानकारी दिए।

उनले म्याग्दीबाट सुरु गरेको वायरलेस सेवा १६ जिल्लामा पुर्‍याउनका लागि वर्ल्डलिङ्कले निःशुल्क इन्टरनेट ब्याण्डविथ दिएको बताएका हुन् ।

‘मलाई वायरलेस नेटवर्कको सपोर्ट गरेर वर्ल्डलिंकले चिनाएको हो,’ उनले भने ।
आफ्नो सबै वायरलेस सेवा वर्ल्डलिंकको नेटवर्कबाट भईरहेको भन्दै डा. पुनले भने, ‘उहाँहरुले कहिलेपनि शुल्क नमागेको र महाबिरले रकम दिएन भनेर कहिले गुनासो समेत गर्नुभएन् ।’

आफूले गरिरहेको वायरलेस इन्टरनेटको नेटवर्किङको कामलाई आफूले कहिल्यै पनि व्यवसायिक रुपमा नलिएको उनको भनाई थियो ।

उनले इन्टरनेट सेवाहरु पुग्न नसकेको अन्य स्थानहरुमा समेत सेवा पुर्याउन वर्ल्डलिंकले इन्टरनेट दिईरहेको उल्लेख गरे ।

TK Viber

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार

Loading...