एलजीको अनौठो डिजाइन भएको डुअल डिस्प्ले फोन एलजी विंग ५जी सार्वजनिक, यस्तो फीचरहरु

Technology Khabar ३० भाद्र २०७७, मंगलवार

एलजीको अनौठो डिजाइन भएको डुअल डिस्प्ले फोन एलजी विंग ५जी सार्वजनिक, यस्तो फीचरहरु
Classic Tech

एलजीले यसको सबैभन्दा महत्वाकांक्षि प्रीमियम डुअल डिस्प्ले स्मार्टफोन विंग (LG Wing) लन्च गरेको छ।

एलजी विंग ५जी भर्चुअल ग्लोबल कार्यक्रममा लन्च गरिएको हो। यो ड्यूल डिस्प्ले स्मार्टफोन दक्षिण कोरियामा पहिलो पटक बिक्रीको लागि उपलब्ध गराइनेछ।

यसपछि यो अमेरिका र युरोपेली बजारमा उपलब्ध गराइनेछ। घुमाउने डुअल डिस्प्ले बाहेक, फोनमा ६४ एमपीको ट्रिपल रियर क्यामरा सेटअप छ।

एलजी विंग ५जी का सुविधाहरूको बारेमा कुरा गर्दा यसको प्राथमिक स्क्रिन ८.८ इन्चको दिइएको छ । जुन पूर्ण एचडी पी ओएलइडी स्क्रिनको साथ आउँदछ। फोनको प्राथमिक स्क्रिन रोमिङ्ग टी सेपमा रूपान्तरण हुने किसिमको रहेको छ र त्यसमा सेकेण्डरी जी ओएलइडी डिस्प्ले देखाउनेछ, जसको साइज ९.९ इन्चको आकारमा दिइएको छ ।

फोनको डीस्प्लेमा कुनै कटअफ रहेको छैन भने सेल्फीहरूका लागि यसमा मोटराइज्ड पप-अप क्यामरा छ ।

यो स्मार्टफोन क्वालकम स्न्यापड्रागन ७६५ ५जी प्रोसेसरको साथ आउँदछ । यसमा ५जी कनेक्सनको लागि स्न्यापड्रागन एक्स ५२ ५जी मोडेम छ। फोनमा ४,००० एमएएचको ब्याट्री राखिएको छ, जसले फास्ट चार्जिंग सुविधा सपोर्ट गर्दछ। फोन दुई भण्डारण अप्सनको साथ आउँदछ ८ जीबी रम प्लस १२८ जीबी तथा २६६ जीबी स्टोरेजका साथ ।

एलजी विंग ५जीको पछाडि ट्रिपल रियर क्यामरा सेटअप दिइएको छ। फोनमा ६४ एमपीको प्राइमरी सेन्सर छ। यस बाहेक यसमा १३ एमपीको अल्ट्रा वाइड क्यामरा छ, जसको दृश्य क्षेत्र ११७ डिग्री छ । यस बाहेक, फोनमा अर्को १२ एमपीको अल्ट्रा वाइड एंगल क्यामरा दिइएको छ, जसको फील्ड अफ भ्यू १२० डिग्री छ।

यो फोन एन्ड्रोइड ११ मा आधारित रहेर संचालन हुनेछ भने यसको मूल्य कति हुनेछ भन्ने जानकारी छैन् ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार

Leave a Reply

Loading...