सर्वसाधारणलाई शेयर जारी गर्ने इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सको योजना

Technology Khabar ३० भाद्र २०७७, मंगलवार

सर्वसाधारणलाई शेयर जारी गर्ने इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सको योजना
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको कार्यालय जावलाखेलमा रहेको कम्पनीको लोगो र स्लोगन। फाइल तस्बिर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सर्वसाधारणलाई समेत शेयर जारी गर्ने योजना लिएको छ ।

कम्पनीले आफ्नो २५ औं वार्षिकोत्सवको अवसर पारेर आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले शेयर जारी गर्ने योजना रहेको बताए ।

‘हामीले सर्वसाधारणलाई शेयर जारी गर्ने योजना राखेका छौं र यसको लागि कम्तिमा ३ वर्ष लाग्नेछ, त्यसबेला बजारको अवस्था हेरेर शेयर जारी गर्नेछौं,’ अध्यक्ष अग्रवालले भने ।

उनले यसै अन्तरगत कम्पनी १ वर्षअघि लिमिटेड कम्पनीमा गएको जानकारी दिए । कम्पनीको चुक्तापूँजी ११२ करोड रुपैयाँ रहेको उनले बताए ।

कम्पनीले यसका साथै पहिलोपटक विदेशी लगानी समेत भित्र्याएको थियो ।

Global Bank
easy care

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार

ताजा समाचार