विश्वभर १० भन्दा बढी देशका ९५ प्रतिशत घरधुरीमा फाइबर इन्टरनेटः प्रतिवेदन

Technology Khabar ३० भाद्र २०७७, मंगलवार

विश्वभर १० भन्दा बढी देशका ९५ प्रतिशत घरधुरीमा फाइबर इन्टरनेटः प्रतिवेदन
Classic Tech

ग्लोबल कन्सल्टेन्सी फर्म आर्थर डी लिटलको हालैको तथ्याङ्क अनुसार विश्वभर १० भन्दा बढी देशले कम्तीमा ९५ प्रतिशत घरधुरीमा फाइबर पुर्‍याएका छन्।

‘द रेस टु गिगाबिट फाइबर’ नामक प्रतिवेदनका अनुसार केही विशेष मुलुकहरुमा २०१२ बाट २०२० सम्म आउँदा फाइबर कभरेज ३९ प्रतिशतबाट ६६ प्रतिशतसम्म बढेको छ।

फाइबरका अग्रणी बजारहरुमा अहिले भएका फाइबर प्रदायकहरुको दबदबा छ भने उल्लेख्य युरोपेली राष्ट्रहरुमा वैकल्पिक फाइबर प्रदायकहरुले आउँदो ४ देखि ६ वर्षभित्रमा देशैभर फाइबर कभरेज पुर्याउने प्रतिज्ञाका साथ लगानी सुनिश्चित गरेको प्रतिवेदनमा उल्लेख छ।

यिनीहरुमा इटलीको ओपन फाइबर, बेलायतको सिटी फाइबर, स्विजरल्याण्डको स्विस ओपन फाइबर तथा जर्मनीको डयच ग्लास्फेजर र इनेक्सियो छन्।

इनेक्सियोले ग्रामीण र अर्ध शहरी क्षेत्रलाई लक्षित गरेर फाइबर बिस्तार गरेको छ।

जर्मनीका हकमा विशेषगरी ग्रामीण र अर्ध शहरी क्षेत्रलाई लक्षित गरेका डयच ग्लास्फेजर र इनेक्सियोले सन २०३० भित्र झण्डै असी लाख घरधुरीमा फाइबर पुर्याउने योजनामा छन्। यसो गर्दा देशभरको फाइबर कभरेज ११ बाट २८ प्रतिशतमा पुग्नेछ।

साउदी अरेबिया पनि फाइबार टु होम सेवालाई अझै चुस्त दुरुस्त बनाउन बजारमा उपलब्ध सबै अपरेटरहरुसँग साझेदारीमा जुटेको छ।

सिंगापुर, कतार, यूएई जस्ता देशमा आप्रवासनको प्रभावकारी व्यवस्था भएसँगै विस्तार गरिएको फाइबरको मात्रासँगै त्यसको प्रयोगकर्ताहरु पनि २०१२ को १५ प्रतिशतबाट अहिले ४२ प्रतिशत पुगेको तथ्याङ्क छ।

प्रयोगकर्ता बढ्नुमा अर्को उल्लेख्य कारक भनेको ब्रोडब्याण्ड बजारमा रहेको प्रतिस्पर्धा पनि हो। पोर्चुगल र स्पेनमा बढी प्रतिस्पर्धाका कारण प्रयोगकर्ताहरु बढिरहेका छन् जहाँ फिक्स्ड मोबाइल कन्भर्जेन्स रेट धेरै छ भने फाइबर नेटवर्कले स्थानीय केबलहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार

Leave a Reply

Loading...