केन्टका विभिन्न कीटाणुनाशक उपकरणहरूको (डिसइन्फेक्टेन्टहरूको) बजारमा बढ्दो माग

Technology Khabar २९ भाद्र २०७७, सोमबार

केन्टका विभिन्न कीटाणुनाशक उपकरणहरूको (डिसइन्फेक्टेन्टहरूको) बजारमा बढ्दो माग

काठमाडौं ।

ई.ओ.एल. प्रा. लि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले समयको माग अनुसार केन्ट कीटाणुनाशक उपकरणहरू (डिसइन्फेक्टेन्टहरू) बजारमा ल्याएको छ जून अहिलेको समयमा अत्यावश्यक पनि छ र यिनीहरूको माग पनि बढ्दो छ ।

चलिरहेको कोविड–१९ महामारीमा, तपाईंको वरिपरि भएको तर सजिलै आँखाले नदेख्ने ब्याक्टेरिया र भाइरसबाट नियमित रूपमा कीटाणुशोधन गर्न जरुरी छ । अब तपाईंले उपभोग गर्नु हुने फलफूल र तरकारीहरूलाई सजिलैसँग सफा र सुरक्षित राख्नुका साथै यी स्मार्ट उपकरणहरूले तपाईंको कोठा र गाडीे भित्रको हावा पनि ताजा र स्वस्थ राख्न मद्दत गर्दछ ।

केन्ट अटो सेनिटाइजरः

नयाँ र हातको स्पर्श विना केन्ट अटो सेनिटाइजरले तपाईंको हातहरू सेनिटाइज गर्नुहोस् । यो उपकरणमा स्मार्ट इन्बिल्ट इन्फ्रारेड सेन्सर सुसज्जित छ जसले तपाईंको हात डिस्पेंसरको मुनि राख्दा सेन्स गर्दछ । केन्ट अटो सेनिटाइजरमा १२ लिटरको उच्च स्टोरेज क्षमता छ जसको ट्याङ्की सजिलै हटाउन सकिन्छ साथै सजिलै रिफिलिंग र उपकरणको सरसफाइई गर्न सकिने भएकोले यसमा स्वच्छता कायम गर्न सकिन्छ ।

केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणः

यस उपकरणले साग–सब्जी , फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ । केन्ट टेबल शीर्ष भेजिटेबल कीटाणुनाशक उपकरणबाट तरकारी र फलफूलहरू उपभोगका लागि सुरक्षित बनाउनुहोस ्। यसमा रासायनिक रहित ओजोन टेक्नोलोजी छ जसले हानिकारक कीटनाशक, रसायनहरू आदि हटाएर तरकारी र फलफूलहरू कीटाणु रहित गर्दछ । यसले ब्याक्टेरिया, भाइरस र अन्य कीटाणुहरूको हटाउने कुरा सुनिश्चित गर्दछ जुन बहु हात विनिमयको परिणाम स्वरूप ट्रान्सफर हुन सक्छ र खानालाई उपभोगका लागि सुरक्षित बनाउँदछ । यसले तपाईंको परिवारलाई स्वस्थ र स्वस्थ राख्न मद्दत गर्दछ ।

केन्ट ओजोन एयर डिसइन्फेक्टेन्टहरूः

क्रान्तिकारी ओजोन कीटाणुशोधन टेक्नोलोजीको साथ तपाईको कोठा तथा गाडीको हावालाई ब्याक्टेरियाहरू र भाइरसहरूबाट हटाउन सक्नुहुन्छ । यो उपकरण प्रयोगकर्ता–मैत्री भएकाले केन्ट ओजोन एयर डिसइन्फेक्टन्टहरू दुबै व्यक्तिगत र साना व्यावसायिक स्थानहरूको लागि सबै भन्दा उपयुक्त उपकरणहरू हुन् । तपाईंको कोठा तथा गाडीको हावा ब्याक्टेरियाहरू र भाइरसहरूबाट मुक्त राख्न केन्ट ओजोन एयर डिसइन्फेक्टेन्टको विश्वास गर्नुहोस् । यस यन्त्रले शक्तिशाली ओजोन ग्यास छोड्ने गर्दछ जसले तपाईंको कोठा तथा गाडीको हावामा रहेको ब्याक्टेरिया, भाइरस, फङ्खी र अन्य रोगजनक कणहरुलाई हटाउन मद्दत गर्दछ ।

कीटाणुनाशक उपकरणहरूको अतिरिक्त, केन्टका पानी प्रशोधक (प्युरिफायर), एयर प्युरिफायर र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

ताजा समाचार