ह्वावेको नयाँ अपरेटिङ्ग सिस्टम हार्मोनीओएस २.० ले नयाँ लोगो प्रयोग गर्ने

Technology Khabar २९ भाद्र २०७७, सोमबार

ह्वावेको नयाँ अपरेटिङ्ग सिस्टम हार्मोनीओएस २.० ले नयाँ लोगो प्रयोग गर्ने

काठमाडौं ।

गएको सेप्टेम्बर १० मा भएको ह्वावे डेभलपर कन्फरेन्समा होङमेङ ओएस अर्थात हार्मोनी २.० सार्वजनिक गरिएको थियो। त्यस कार्यक्रममा ह्वावेका कन्जुमर बिजिनेसतर्फका मुख्य कार्यकारी अधिकृत यु छेङलुले होङमेङ ओएस २.० फुल सिन एयुगका लागि तयार गरिएको पहिलो वितरण प्रणाली भएको दावी गरेका थिए।

होङमेङ ओएस २.० को विश्वव्यापी संस्करणका रुपमा आएको हार्मोनी ओएस २.० ले फुल सिन युगलाई चलायमान गराउने बताइएको छ।

होङमेङ ओएस जसलाई हार्मोनी ओएस २.० पनि भनिन्छ, नयाँ लोगो प्रयोगमा ल्याउन लागेको हो। एक वीबो प्रयोगकर्ताका अनुसार नयाँ लोगोको बीचमा पावर्ड बाइ हार्मोनी ओएस लेखिएको छ।

यो लोगो मोबाइल फोन हातमा लगाउने स्मार्ट ब्याण्ड र वाचजस्ता डिभाइस तथा स्मार्ट होम एप्लायन्सका साथै भविष्यमा आउने डिभाइसहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

ह्वावेका कन्जुमर बिजिनेसतर्फका मुख्य कार्यकारी अधिकृत यु छेङलुलेका अनुसार हार्मोनी ‌ओएस २.० स्मार्ट स्क्रीनदेखि ह्वावेका टर्मिनल डिभाइसहरुमा समेत विस्तार हुनेछ।

हार्मोनीले आफ्नो आधिकारिक बिटा भर्जन एप्लिकेशन डेभलपरहरुका लागि सार्वजनिक गरिसकेको छ। त्यस बाहेक ठूला स्क्रीन, वाच तथा कारका लागि भने आधिकारिक रुपमा सेप्टेम्बर १० मा नै सार्वजनिक गरिसकेको छ।

यु का अनुसार मोबाइल भर्जन भने आउने डिसेम्बरमा सार्वजनिक हुनेछ। उनले यस एपको ओपन सोर्स प्रारुपका बारेमा पनि जानकारी दिएका छन्।
त्यस अनुसार सेप्टेम्बर १० मा १२८ केबी देखि १२८ एमबीसम्म मेमोरी भएका टर्मिनल उपकरणहरुका लागि, २०२० को अप्रिलमा १२८ एमबी देखि ४ जीबीसम्म मेमोरी भएका टर्मिनल उपकरणहरुका लागि तथा अक्टोबर २०२० मा ४ जीबी भन्दा माथि मेमोरी भएका टर्मिनल उपकरणहरुका लागि उपलब्ध गराइने छ।

एण्ड्रोइड अपरेटिङ सिस्टम नभएकाले अब आउने ह्वावेका डिभाइसहरुमा गूगल सर्भिस अन्तर्गतका जीमेल, प्ले स्टोरलगायतका कुनै सेवाहरु हुने छैनन्। तर कम्पनीले यसको साटोमा ह्वावे मोबाइल सर्भिसेजमार्फत कस्टमाइज अनुभव दिने प्रयास गर्नेछ।

easy care

प्रकाशित: २९ भाद्र २०७७, सोमबार