यी हुन् नेपालका टप १० इन्टरनेट सेवा प्रदायक कम्पनी, नम्बर एकमा वर्ल्डलिंक दोस्रोमा सुबिसु

Technology Khabar २८ भाद्र २०७७, आईतवार

यी हुन् नेपालका टप १० इन्टरनेट सेवा प्रदायक कम्पनी, नम्बर एकमा वर्ल्डलिंक दोस्रोमा सुबिसु

काठमाडौं ।

साजन सुवेदी

गएको २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कहर अहिले विश्वका ९० प्रतिशतभन्दा बढी मुलुकहरुमा फैलिसकेको छ। कोरोनाका कारण विश्वभरी धेरै जना संक्रमित भए, धेरैले ज्यान गुमाए भने सबै कामकाज ठप्प भएर विश्वको अर्तथन्त्र नै धरापमा परेको छ। विश्वभर थुप्रै मानिसहरुले आफ्ना जागिर गुमाएका छन् भने करोडौँ नाफामा चलिरहेका कम्पनीहरु पनि टाट पल्टिएर बन्द गरिएका छन्।

यो कोरोना कहरबाट नेपाल पनि अछूतो रहन सकेन। नेपालमा अहिलेसम्म ५० हजारभन्दा बढी संक्रमित भैसकेका छन् भने ३ सय भन्दा बढी मानिसहरुको न्यान गैसकेको छ। गएको चैत ११ गतेपछि देशव्यापी रुपमा लकडाउन भएपछि नेपालमा पनि बैंक वित्तीय संस्था, शिक्षण संस्था कलकारखाना उद्योगधन्दा सबै बन्द गरिए भने मानिसहरु आ-आफ्नै ठाउँमा बस्न बाध्य भए। बैंकिङ कारोबार देखि पानी बिजुलीका बिलहरु लगायत सबै इन्टरनेटका माध्यमबाट तिर्नुपर्ने भयो।

टेलिभिजन, इन्टरनेट फोन मोबाइलको ब्यालेन्स सबैका लागि इन्टरनेटकै भरपर्नु पर्यो। त्यसबाहेक पठनपाठनका कामसमेत इन्टरनेटमा आधारित रहेर गुगल मीट, जूम, माइक्रोसफ्ट टिम्सलगायतका एप्लिकेशनका माध्यमबाट गर्नुपर्ने भयो जसका कारण विभिन्न सेवा प्रदायकबाट इन्टरनेट सेवा लिनेको संख्या पनि बढ्यो भने इन्टरनेटको खपत समेत ३० प्रतिशतले बढेको तथ्याङ्क नै सार्वजनिक भयो।

इन्टरनेट सेवा प्रदायक(आईएसपी)हरुले ताररहित वायरलेस केबल र फाइबर गरी तीन माध्यमबाट ग्राहकहरुलाई आवश्यक इन्टरनेट सेवा दिन थाले। यस अवधिमा थुप्रै आईएसपीमा इन्टरनेटका नयाँ कनेक्शन लिने ग्राहकहरु थपिए।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी गरिएको एमआईएस तथ्याङ्कका आधारमा ग्राहक संख्याका हिसाबले उत्कृष्ट र धेरै सेवाग्राहीलाई सेवा दिईरहेका १० प्रमुख इन्टरनेट सेवा प्रदायकहरु यसप्रकार छ ।

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड (ग्राहक संख्या ३,७५,८३३)
वर्ल्डलिंक कम्युनिकेशनको गएको असार महिनासम्ममा कुल ग्राहक संख्या ३ लाख ७५ हजार ८ सय ३३ रहेको छ जसमध्ये वायरलेस सेवा लिने १ हजार ८ सय ९९ जना, केबलबाट सेवा लिने ६ सय ९९ जना तथा फाइबरमार्फत् सेवा लिने ३ लाख ७३ हजार २ सय ३५ जना छन्।

२. सुबिसु केबलनेट(ग्राहक संख्या १,४३,७२९)
सुबिसु केबलनेटको कुल ग्राहक संख्या १ लाख ४३ हजार ७ सय २९ छ। जसमध्ये वायरलेस सेवा लिने ९ हजार ८ सय ३१ जना, केबलबाट सेवा लिने २९ हजार ७ सय ९९ जना तथा फाइबरमार्फत् सेवा लिने १ लाख ४ हजार ९९ जना छन्।

३. भायनेट कम्युनिकेशन(ग्राहक संख्या १,११,०७०)
भायनेट कम्युनिकेशनको कुल ग्राहक संख्या १ लाख ११ हजार ७० छ। जसमध्ये वायरलेस केबलबाट कसैले सेवा लिएका छैनन् र सबै ग्राहक फाइबरमार्फत् जोडिएका छन्।

४. क्लासिक टेक प्रालि(ग्राहक संख्या १,०८,८८३)
क्लासिक टेक प्रालिको कुल ग्राहक संख्या १ लाख ८ हजार ८ सय ३३ छ। जसमध्ये वायरलेस सेवा लिने ३ हजार ३ सय ७६ जना र फाइबरमार्फत् सेवा लिने १ लाख ५ हजार ५ सय ७ जना छन् भने केबलबाट सेवा लिने ग्राहक छैनन्।

५. ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन (ग्राहक संख्या ६०,७५४)
ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशनको कुल ग्राहक संख्या ६० हजार ७ सय ५४ छ। जसमध्ये वायरलेस सेवा लिने ३ सय ५५ जना, केबलबाट सेवा लिने ३० हजार ६ सय ६ जना तथा फाइबरमार्फत् सेवा लिने २९ हजार ७ सय ७३ जना छन्।

६. टेक माइन्डस नेटवर्क(ग्राहक संख्या ४२,९०८)
टेक माइन्ड्स नेटवर्कको कुल ग्राहक संख्या ४२ हजार ९ सय ८ छ। जसमध्ये वायरलेस सेवा लिने २ हजार ४ सय ६५ जना तथा फाइबर मार्फत् सेवा लिने ४० हजार ४ सय ४३ जना छन् भने केबलबाट कसैले सेवा लिएका छैनन्।

७. वेब सर्फर नेपाल कम्यूनिकेसन सिस्टम (ग्राहक संख्या १८,६६४)
वेब सर्फर नेपाल कम्युनिकेशनको कुल ग्राहक संख्या १८ हजार ६ सय ६४ छ। जसमध्ये वायरलेस सेवा लिने २ हजार ७ सय ६७ जना तथा फाइबर मार्फत् सेवा लिने १५ हजार ८ सय ९७ जना छन् भने केबलबाट कसैले सेवा लिएका छैनन्।

८. एरोनेट प्रालि(ग्राहक संख्या १०,४३०)
एरोनेट प्रालिको कुल ग्राहक संख्या १० हजार ४ सय ३० छ। जसमध्ये वायरलेस सेवा लिने १ सय ३८ जना तथा फाइबर मार्फत् सेवा लिने १० हजार २ सय ९२ जना छन् भने केबलबाट कसैले सेवा लिएका छैनन्।

९. इस्टलिंक टेक्नोलोजी प्रालि(ग्राहक संख्या ७,८४०)
इस्टलिंक टेक्नोलोजी प्रालिको कुल ग्राहक संख्या ७ हजार ८ सय ४० छ। इस्टलिंकका सबै ग्राहकहरुले फाइबरमार्फत् सेवा लिएका छन्। यस कम्पनीबाट वायरलेस र केबलबाट कसैले सेवा लिएका छैनन् ।

१०. हिमालयन अनलाइन सर्भिसेज प्रालि (ग्राहक संख्या ६,०५२)
इस्टलिंक टेक्नोलोजी प्रालिको कुल ग्राहक संख्या ६ हजार ५२ छ। हिमालयन अनलाइन सर्भिसेजका केबलमार्फत् सेवा लिने ग्राहक छैनन् भने वायरलेस सेवा लिने १ सय १० जना तथा फाइबरमार्फत् जोडिनेको संख्या ५ हजार ९ सय ४२ रहेको छ।

Global Bank
easy care

प्रकाशित: २८ भाद्र २०७७, आईतवार

ताजा समाचार