कम मेमोरी भएका स्मार्टफोनका लागि एण्ड्रोइड ११ गो एडिशनको घोषणा

Technology Khabar २८ भाद्र २०७७, आईतवार

कम मेमोरी भएका स्मार्टफोनका लागि एण्ड्रोइड ११ गो एडिशनको घोषणा
Classic Tech

गुगलले केही दिन अघि आफ्नो लेटेस्ट एण्ड्रोइड अपरेटिङ सिस्टम एण्ड्रोइड ११ लाई आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छ। यो नयाँ ओएस बिस्तारै विश्वभरी नै विस्तार हुँदैछ भने विभिन्न ब्राण्डका एण्ड्रोइड फोनहरुमा एण्ड्रोइड ११ अपग्रेड गर्न सकिने भएको छ।

एण्ड्रोइड ११ स्टेबल भर्जन लञ्च गरेको केही दिनमै कम्पनीले एण्ड्रोइड ११ को गो एडिशन पनि सार्वजनिक गरेको घोषणा गरेको छ। एण्ड्रोइड ११ गो एडिशनको घोषणाबाट हाइ एण्ड र महंगा फ्ल्याशिप फोन किन्न नसक्नेहरुलाई फाइदा पुग्ने देखिन्छ। यव भर्जन एण्ट्री लेबल फोनहरुका लागि बनाइएको हो।

एण्ड्रोइड ११ गो एडिशनबाट नेपाल र भारतका ग्राहक लाभान्वित हुने देखिन्छ। सस्तो स्मार्टफोनमा पनि नयाँ अपरेटिङ सिस्टमका माध्यमबाट ग्राहकहरुले अझ राम्रो युजर एक्पेरिएन्स र फास्ट पर्फर्मेन्शको अनुभव पाउन सक्छन्।

एण्ड्रोइड ११ गो एडिशन २ जीबी र्याम वा त्यो भन्दा कम मेमोरी भएका फोनहरुमा मात्र काम गर्नेगरी बनाइएको छ।

गुगलले एण्ड्रोइड ११ को गो एडिशन घोषणा गर्दै यो ओएस कम र्‍याम मेमोरी भएका फोनहरुका लागि बनाइएको बताएको छ। गुगलका अनुसार एण्ड्रोइड ११ गो एडिशन को माध्यमबाट विश्वभरमा झण्डै १० करोड इन्ट्री लेबल स्मार्टफोनको स्पीड, विश्वासिलोपना तथा सेक्युरिटीका मामलामा पहिलेभन्दा अब्बल हुने कम्पनीको दावी छ।

कम्पनीले यो पनि दावी गरेको छ कि एण्ड्रोइड ११ गो एडिशनले स्मार्टफोनहरुलाई पहिलेको तुलनामा २० प्रतिशतसम्म फास्ट बनाउनेछ।

यसका केही नयाँ फिचरहरु यस्ता हुनेछन्

एण्ड्रोइड ११ गो एडिशनका कतिपय विशेषता एण्ड्रोइड ११ बाटै लिइएको बताइएको छ। एण्ड्रोइड ११ गो एडिशन मा पनि कन्भरसेसन फिचर राखिएको छ जसका माध्यमबाट युजरले आवश्यकता अनुसार मेसेन्जरमा को सँग कुरा गर्ने र कसकी म्यासेज नखोलीकन नोटिफिकेशनमै राख्ने भन्ने तय गर्न सक्छन्। यसबाट आएका म्यासेजमध्ये आफूलाई मन लागेको मान्छेसँग मात्र कुराकानी गर्न सजिलो हुन्छ।

त्यस्तै म्यासेजहरुलाई फ्लोटिङ बबलका माध्यमबाट पढ्न वा हेर्न सकिन्छ।

यसैगरी कम्पनीका अनुसार एण्ड्रोइड ११ गो एडिशनमा युजरको गोपनीयता र सुरक्षाका मामलामा पनि कुनै सम्झैता गरिएको छैन। एण्ड्रोइड ११ गो एडिशनमा पनि ओटीपी अर्थात् वन टाइम पर्मिशन तथा पर्मिशन अटो रिसेट जस्ता फिचरहरुको अनुभव गर्न पाइनेछ।

यी फिचरहरुका माध्यमबाट युजरहरुले कुन कुन एप्लिकेशनलाई कहिले कहिले खुल्ने बनाउने भन्ने तय गर्न सक्नेछन्। यसको मतलब फोनको माइक, म्यामेरा कन्टेन्ट तथा लोकेशन युजरको पर्मिशन पाएपछि मात्र खुल्नेछ, जसले गर्दा गोपनीयता तथा सुरक्षा अझ प्रभावकारी हुन्छ।

प्रकाशित: २८ भाद्र २०७७, आईतवार

Leave a Reply

Loading...