दिल्लीका सांसदहरूले फेसबुक इंडिया प्रमुखलाई बोलाए, फेब्रुअरीमा भएको दंगाको सुनुवाई गरिँदै

Technology Khabar २८ भाद्र २०७७, आईतवार

दिल्लीका सांसदहरूले फेसबुक इंडिया प्रमुखलाई बोलाए, फेब्रुअरीमा भएको दंगाको सुनुवाई गरिँदै
Classic Tech

नयाँ दिल्लीमा स्थानीय सांसदहरूको एउटा प्यानलले फेसबुकको भारत कार्यालयका शीर्ष कार्यकारीलाई समितिमा जवाफ दिन बोलाएको छ ।

प्यानलले उनीहरुलाई हेट स्पीचको मामलामा राम्ररी नियम कानूनहरु पालना नगरेको आरोप लगाएको छ, जसले गत फेब्रुअरीमा नयाँ दिल्लीमा भएको हिंसालाई बढावा दिएको बताइएको छ ।

कम्तीमा ५० व्यक्तिको मृत्यु भएको दिल्लीको साम्प्रदायिक दंगालाई हेर्ने दिल्ली एसेम्बली समितिले शनिबार एक विज्ञप्तिमा भन्यो कि यसले फेसबुक इंडियाका प्रमुख अजीत मोहनलाई सेप्टेम्बर १५ भन्दा अगाडी उपस्थित हुन भनेकोछ ।

यसअघि वाल स्ट्रीट जर्नलले गएको अगस्टमा एक रिपोर्ट प्रकाशित गरेपछि विश्वका सबैभन्दा ठूलो सामाजिक नेटवर्क भारतमा गहन राजनीतिक छानबिन अन्तर्गत रहेको छ। जसमा फेसबुकको एक कर्मचारीले प्रधानमन्त्री नरेन्द्र मोदीको शासक दलका एक राजनेतालाई घृणायुक्त भाषणहरूको नियमहरु लागू गर्न विरोध गरेको खुलासा गरेको थियो ।

फेसबुक इण्डियाले भने हेट स्पीचको विरुद्धमा कारबाहीहरु गरिएको दाबी गर्दै आएको छ । तर पनि कम्पनीका कर्मचारीहरु र राजनीतिक नेताहरुले भने नीतिको उलंघन गरिएको बताएका छन् ।

विस्तृत नीति र नियमहरूको बाबजुद, नौ सदस्यीय प्यानल ले फेसबुकको बिरूद्ध धेरै गुनासो प्राप्त भएको बताएका छन् । जसमा प्रायः दिल्लीका सत्ताधारी आम आदमी पार्टीका सांसदहरू र भाजपाका एक सदस्य छन् । रोयटर्स

प्रकाशित: २८ भाद्र २०७७, आईतवार

Leave a Reply

Loading...