प्रविधियुक्त बन्दै कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालय

Technology Khabar २७ भाद्र २०७७, शनिबार

प्रविधियुक्त बन्दै कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालय

काठमाडौं ।

कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालय प्रविधिमूलक हुने भएको छ । सो कार्यालयलाई प्रविधिमूलक बनाउनका लागि काम सुरु गरिएको छ ।

कार्यालय प्रमुख खेमराज खत्रीका अनुसार ढड्डाहरूलाई स्क्यान गरेर सफ्टवेयरमा राख्ने काम सुरु भएको छ ।

एक कम्पनीलाई जिम्मा दिएर दुई साता अगाडिदेखि प्रविधिमूलक कार्यालय बनाउन काम सुरु भएको हो । उनले भने, ‘अबको २५ दिन जतिमा सो काम सकिने अनुमान छ।’

यसरी भूमिसुधार तथा मालपोत कार्यालय प्रविधिमा जाँदा जनताको काम छिटो छरितो रूपमा हुने विश्वास यहाँ गरिएको छ ।

सो कार्यालय प्रविधिमूलक हुने बित्तिकै सम्बन्धित सथानीय तहबाट समेत जनतालाई सेवा दिन मिल्न कार्यालय प्रमुख खत्रीले बताए । गोरखापत्रबाट

easy care

प्रकाशित: २७ भाद्र २०७७, शनिबार