Technology Khabar २७ भाद्र २०७७, शनिबार
रोलिङ प्लान्स प्रालीले आफ्नो १६औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ।
भर्चुअल माध्यमबाट कम्पनीले नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्येटफर्म सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए।
कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ का रुपमा लिएको छ।
रोलिङ नेक्सस डट कमलाई रोलिङ प्लान्स प्राइभेट कम्पनीले आफ्ना ब्रान्डको रुपमा स्थापना गरी बजारमा ल्याएको जनाएको छ ।
यो एउटा अनलाइनमा आधारित व्यवसायिक सञ्जाल हो । यसको मूख्य सिद्धान्त दक्षता अभिबृद्धि, रोजगारी सिर्जना तथा प्रबद्र्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणामा रहेर अवसर सम्भावनाहरुको खोजी ४ गीग इकोनोमको अवधारणमा रहेर उद्यमशीलताको प्रबद्र्धन तथा व्यवसायिक बृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ।
उक्त भर्चुअल प्रेस कन्फ्रेन्समार्फत श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, महानायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना दिए।
संस्थाले रोजगारी सृजना तथा प्रवद्र्धन दक्षता अभिवृद्धि, व्यवसाय वृद्धि, गिग इकोनमी र सेयर्ड इकोनोमी तथा सञ्जालमार्फत नयाँ अवसर खोज्ने उद्देश्य लिएको छ।
यससँगै कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई रोलिङ नेक्ससले नयाँ अवसर र सम्भावनाको खोजी गर्ने प्रतिवद्धता समेत जनाएको छ।
प्रकाशित: २७ भाद्र २०७७, शनिबार