थाहा पाउनुहोस् स्मार्टफोनका सँधै कामलाग्ने ५ सुबिधा, जसले फोटो सुरक्षित र ब्याट्री बचाउँछ

Technology Khabar २७ भाद्र २०७७, शनिबार

थाहा पाउनुहोस् स्मार्टफोनका सँधै कामलाग्ने ५ सुबिधा, जसले फोटो सुरक्षित र ब्याट्री बचाउँछ

काठमाडौं ।

स्मार्टफोनले हाम्रो जीवनलाई धेरै नै सहज बनाइदिएको छ। स्मार्टफोमा हामीले अहिलेसम्म नचलाएका तर ज्यादै काम लाग्ने केही फिचरहरु हुन सक्छन्।

यी फिचरका माध्यमबाट प्राइभेसी राख्न, ब्याट्री धेरै बेर टिकाउन तथा फोटोहरुलाई अटो सेभ गर्न सकिन्छ।

हिजोआज हरेक व्यक्तिको हातमा स्मार्टफोन हुन्छ। हामी कल गर्ने, व्हाट्स्एप, मेसेज तथा यूट्युब हेर्नुका साथै अन्य धेरै एप्लिकेशनहरु चलाउँछौ। तर धेरैजसो हामी फोनमा भएका सबै फिचर चलाउँदैनौ।

स्मार्टफोनमा यस्ता थुप्रै सेक्रेट एप्लिकेशन वा फिचर हुन्छन् जुन हामी थाहा नपाएर वा ध्यान नगएर चलाइरहेका हुँदैनौं। एण्ड्रोइड फोनमा यस्ता केही फीचर हुन्छन् जसले फोन चलाउन सहज बनाउनुका साथै सानातिना समस्या पनि हल गर्न सक्छन्।

के के हुन् त ती फिचर्स ?

१. फोनमा प्राइभेसी राख्ने

कति पटक हाम्रा परिवारका सदस्य तथा साथीभाइले हाम्रो फोन चलाउन माग्छन्। त्यस्तो बेला हामी हाम्रा च्याट मेसेज भिडियो तथा अरु एप्लिकेशनहरु नहेरुन् भन्ने चाहन्छौं। यस्तो बेला प्राइभेसीका लागि एण्ड्रोइड फोनमा गेस्ट मोड हुन्छ जसलाई अन गर्नासाथ नयाँ युजरले तपाइँका च्याट भिडियो तथा मेसेज हेर्न सक्दैनन्।

यसका लागि फोनको सेटिङ्समा सेक्युरिटी एण्ड लोकेशन भन्ने अप्शनमा क्लिक गर्नुपर्छ। यसपछि स्क्रीन पिनिङ अन गर्नुपर्छ। त्यसपश्चात् कुनै पनि एप्लिकेशनलाई पिन गर्न सकिन्छ। यति गरेपछि नयाँ चलाउने मान्छेले त्यही पिन भएको एप्लिकेशन मात्र स्क्रीनमा देख्न र चलाउन सक्छ।

२. फोटोलाई अटो सेभ गर्ने

कहिलेकाहीँ फोटो खिचेपछि भनेको ठाउँमा आएर सेभ हुँदैन र खिचेको फोटो खोज्दैमा हैरान भइन्छ। त्यसमाथि फोन बिग्रिए वा हराएमा त झन् फोटोहरु पनि हराउने हुन्छ। यसका लागि एण्ड्रोइड फोनमा अटो ब्याकअप अन गरेर फोटोलाई अटो सेभ गर्न सकिन्छ। सका लागि फोनको सेटिङ्समा गएर सिस्टम अप्सनमा भएको ब्याकअप सेलेक्ट गरी जीमेलमा सेभ हुनेगरी ‘ब्याकअप नाउ’ मा क्लिक गर्नुपर्छ।

३. ब्याट्री बचाउने

स्मार्टफोनमा ब्याट्री चाँडै/चाँडै सकिने हुन्छ। एप्लिकेशनहरु धेरै चलाउनाले फोनको ब्याट्री चाँडै सकिने हो। यस्तोमा ब्याट्रीलाई धेरैबेरसम्म टिकाउन फोनको ब्राइटनेस कम गर्ने तथा फोनको सेटिङ्समा गएर ब्याट्री सेभर अप्शन क्लिक गरेर पनि ब्याट्री धेरै समयसम्म टिकाउन सकिन्छ।

४. नोटिफिकेशनको झण्झटबाट मुक्ति

कहिलेकाँही हामी कुनै भिडियो वा नोटिफिकेशनको बटनमा थाहा पाएर वा नपाइकन क्लिक गर्छौं। त्यसपछि बेलाबेला फोनको स्क्रीनमा देखिने नोटिफिकेशनले हामीलाई हैरान पार्छ। यसबाट छुटकारा पाउनका लागि त्यो नोटिफिकेशनमा क्लिक गरेर त्यसपछि देखिने म्युट वा ब्लक अप्शनमध्ये एउटा रोज्न सक्नुहुन्छ।

५. अनलक गर्ने धेरै उपाय

स्मार्टफोनमा फिङ्गर वा थम्ब फिङ्गरप्रिन्टका माध्यमबाट अनलक गर्ने सुविधा दिइएको हुन्छ। तर यसलाई हामी आवश्यकता अनुसार अझै सजिलो बनाउन सक्छौ। कैयौं पटक स्मार्टफोनमा एकभन्दा बढी फिङ्गरप्रिन्ट सेभ गर्ने अप्शन दिइएको हुन्छ। यस्तोमा हामी हाम्रा परिवारका एकभन्दा बढी सदस्यको फिङ्गरप्रिन्ट सेभ गर्न सक्छौं।

यसबाट एकजनाको अनुपस्थितिमा परिवारकै अरु कसैले फोन अनलक गरिदिन सक्छन्। यसका लागि सेटिङ्समा सेक्युरिटी एण्ड लोकेशनमा गएर फिङ्गरप्रिन्ट अप्शनमा क्लिक गर्ने। त्यसपछि एड फिङ्गरप्रिन्ट अप्शनमा गएर अरु फिङ्गरप्रिन्टहरु एड गर्न सकिन्छ।

easy care

प्रकाशित: २७ भाद्र २०७७, शनिबार