कन्जुमर इलेक्ट्रोनिक्स शो अर्को वर्ष पूर्णरुपमा डिजिटल इभेन्ट हुने, नयाँ मिति घोषणा

Technology Khabar २६ भाद्र २०७७, शुक्रबार

कन्जुमर इलेक्ट्रोनिक्स शो अर्को वर्ष पूर्णरुपमा डिजिटल इभेन्ट हुने, नयाँ मिति घोषणा
Classic Tech

अमेरिकाको लस एन्जल्समा वार्षिकरुपमा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) अर्को वर्ष पूर्णरूपमा डिजिटल हुनेभएको छ । यसो हुनुमा कोभिड-१९ महामारी प्रमुख कारण हो।

टेक शोमा भाग लिनको लागि यसलाई रीति रिवाज बनाउनेहरूको लागि निश्चित रूपमा यो खराब समाचार हो तर अनलाइन मात्र प्लेटफर्ममा परिवर्तन हुनुले ठूलो स्तरमा दर्शकहरूको लागि बाटो खोल्नेछ।

कन्जुमर टेक्नोलोजी एसोसिएशन जसले सिईएसको स्वामित्व राख्दछ सो संस्थाले अर्को वर्षको संस्करणको लागि नयाँ मितिहरूको घोषणा गरेको छ। सीईएस २०२१ अब आगामी जनवरी ११, सोमबार र जनवरी १४, बिहीबारका बीचमा आयोजना हुनेछ।

यो शो मूलतः बुधवार, जनवरी ६ तारिखदेखि शनिबार, जनवरी ९ तारिख २०२१ को बीचमा हुनुपर्ने थियो।

पहिलो दिन मिडियाको लागि मात्र पहुँच हुनेछ, जबकि जनवरी १२ र जनवरी १३ का दिन सबै दर्ता भएका सहभागीहरूको लागि खुला रहनेछ। अन्तिम दिन सम्मेलनको कार्यक्रमको लागि हुनेछ। यदपि सिईएस डिजिटलमा आयोजना हुँदैछ तरपनि त्यहाँ धेरै निर्माताहरूबाट कयौं घोषणाहरू हुनेछन् ।

सिईएस २०२१ मा मुख्य वक्ताको रुपमा भेरिजनका अध्यक्ष हान्स भेस्टबर्गले सम्बोधन गर्ने एसोसिएशनले जारी विज्ञप्तिमा जनाएको छ। उनले २१ औं शताब्दीको रूपरेखाका रूपमा ५जी र यसले प्रमुख उद्योगहरूलाई कसरी असर गर्नेछ भन्ने बारेमा धारणा राख्नेछन् ।

प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार

Leave a Reply

Loading...