स्मार्टफोनको ब्याकग्राउण्डमा यूट्यूब चलाउँदै काम गर्न चाहनुहुन्छ ? हेर्नुस् निकै सजिलो तरीका

Technology Khabar २६ भाद्र २०७७, शुक्रबार

स्मार्टफोनको ब्याकग्राउण्डमा यूट्यूब चलाउँदै काम गर्न चाहनुहुन्छ ? हेर्नुस् निकै सजिलो तरीका
Classic Tech
Nepal Telecom

अहिले मानिसहरु कोभिड १९ को कारण घरभित्रै बस्न बाध्यछन् । जसले गर्दा मानिसहरु यूट्यूबमा भिडियो हेर्न र मनोरन्जन गर्नपर्ने अवस्थामा छन् ।

यसैबिच यो तपाईंलाई धेरै पटक भएको हुनुपर्छ जब तपाईं युट्यूबमा भिडियो हेरिरहनु भएको थियो र अचानक तपाईंले केही काम गर्नुपर्ने भयो । यस्तो अवस्थामा तपाईँले सोच्दै हुनुहुन्छ कि युट्यूब फोनको ब्याकग्राउण्डमा चलाएर र तपाई काम गरिरहन पाउनुहोस् । तर तपाईँलाई कसरी गर्ने भन्ने जानकारी नहुन सक्दछ।

यो संभव छ र यूट्यूब चलाएरै पनि कम्यूटर वा मोबाइलमा काम गर्न सकिन्छ ।

हामी तपाईंलाई मोबाइल फोनमा ब्याकग्राउन्डमा कसरी युट्यूब हेर्ने भनेर बताउँदैछौं। यो विधि धेरै सजिलो छ र तपाईंले यसमा कुनै अतिरिक्त शुल्क तिर्न वा कुनै सदस्यता लिन आवश्यक पर्दैन।

एन्ड्रोइडमा आधारित डिभाइसका लागि

  • सबैभन्दा पहिले, फोनमा गुगल क्रोम ब्राउजरमा जानुहोस् र यूट्यूब डटकम टाइप गर्नुहोस्।
  • जब पृष्ठ लोड हुन्छ, दायाँ पट्टि देखाइएको तीन थोप्लाहरूमा क्लिक गर्नुहोस् र डेस्कटप साइटको विकल्प छनौट गर्नुहोस्।
  • अब तपाइँ हेर्न चाहेको भिडियो प्ले गर्नुहोस् र प्ले भएपछि, होम बटन थिच्नुहोस् र होम स्क्रिनमा आउनुहोस्।
  • अब नोटिफिकेसन प्यानलमा तल तान्नुहोस्। यहाँ तपाईं पहिले प्ले गरेको भिडियोलाई प्ले गर्ने विकल्प देख्नुहुनेछ।
  • तपाईंले गर्नुपर्ने भनेको प्ले बटनमा ट्याप गर्नु हो र भिडियो पृष्ठभूमिमा प्ले हुन सुरू गर्दछ।

आईओएस डिभाइसमा ब्याकग्राउन्डमा यूट्यूब प्ले गर्ने तरिका

  • आईफोन सफारी ब्राउजरमा जानुहोस् र यूट्यूब डटकम टाइप गर्नुहोस्। बायाँ कुनामा माथिको एए मा क्लिक गर्नुहोस्।
  • रिक्वेस्ट डेस्कटप वेबसाइटमा क्लिक गर्नुहोस् र तपाईंले हेर्न चाहनुभएको भिडियो प्ले गर्नुहोस्।
  • अब होम स्क्रिनमा आउनुहोस् र त्यसपछि कन्ट्रोल प्यानलमा जानुहोस् र भिडियो प्ले गर्नुहोस्।
TK Viber

प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार

Comments are closed.

Loading...