Technology Khabar २६ भाद्र २०७७, शुक्रबार
अमेरिकी प्रविधि कम्पनी एप्पलले सिंगापुरमा पहिलो फ्लोटिंग रिटेल स्टोर खोलेको छ। यो रिटेल स्टोर पानीमा बनेको छ र यो गुम्बज आकारको रहेको छ।
कम्पनीले पहिलो पटक यस्तो फरक किसिमको डिजाइनमा आफ्नो रिटेल स्टोर तयार पारेको हो ।
यो फ्लोटिंग स्टोर सिंगापुरको मरिना वे एरियामा सुरू गरिएको छ, जसको चारैतिर पानी छ र यहाँबाट ३६० डिग्री पानोरामिक दृश्य प्रदान गर्दछ। अर्थात यो रिटेलस्टोर पानीभित्र बनाईएको हो ।
एप्पलका अनुसार यो रिटेलर स्टोरभित्रबाट तपाईले क्षितिजको ठूलो दृश्य पाउनुहुनेछ। यो यसको प्रकारको पहिलो खुद्रा स्टोर हो जुन गुम्बज आकारको छ।
कम्पनीका अनुसार यसमा गिलासको ११४ टुक्रा छन्। यो सिंगापुरमा एप्पलको तेस्रो स्टोर हो।
एप्पलका अनुसार यो रोमको पेन्थेनबाट प्रेरित छ। भिडियो वालहरु समेत यो खुद्रा स्टोरमा स्थापना गरिएको छ जसलाई आवश्यक परेको खण्डमा स्टेजको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
विशेष कुरा के हो भने कि यस स्टोर विल्डिङ्गभित्र अन्डरवाटर स्टोर, अन्डरवाटर भूमिगत बोर्डरूम दिइएको छ, जुन एप्पलको पहिलो हो। यो स्टोरको तल्लो तहमा रहेको छ। एप्पलसँग यस स्टोरमा १४८ जनाको टोली हुनेछ।
मलमा प्रवेश गर्ने आगन्तुकहरूलाई सिनेम्याटिक अनुभवका साथ व्यवहार गरिन्छ । यसमा जाँदा ४५ मिटरको टनेलमा शुरुमा जानुपर्नेछ भने त्यसपछि एस्केलेटर शाफ्टमार्फत यात्रा गर्दै उज्यालो गुम्बजमा पुगिनेछ ।
कम्पनीले भनेका छन कि एप्पलका कर्मचारीहरु २३ भाषाहरु बोल्न सक्छन्। यो नयाँ रिटेल स्टोर १० सेप्टेम्बरदेखि सुरू गरिएको हो। यहाँ भ्रमण गर्न ग्राहकहरूले सबैभन्दा पहिले कम्पनीको वेबसाइटमा जानुपर्नेछ र एपोइन्टमेन्ट लिनुपर्नेछ। एजेन्सीका साथ
प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार