शाओमीको रेडमी ९सी र एमआई स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक, यस्तो छ फीचरहरु

Technology Khabar २५ भाद्र २०७७, बिहीबार

शाओमीको रेडमी ९सी र एमआई स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक, यस्तो छ फीचरहरु
Classic Tech

शाओमीले आज रेडमी ९सी का साथ नेपालको बजेट लाइनअपमा नयाँ उपकरण थपेको घोषणा गरेको छ । ब्राण्डले नेपालमा एमआई स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ । अडियो श्रेणीमा पनि नयाँ उत्पादन रेडमी सोनिकबेस वायरलेस इयरफोनको घोषणा गरेको छ ।

“प्रत्येक रेडमी उपकरणको साथ हामी सबैका लागि प्रविधि उपलब्ध भएको सुनिश्चितताको नजिक पुगेका छौं । रेडमी सिरिजको लोकप्रियता हाम्रा ग्राहकहरुले हामी प्रति देखाएको विश्वासको प्रमाण हो । रेडमी ९सी को साथ हाम्रो उद्देश्य भनेको हामीले बजेट खण्डमा विकास गरेका प्रविधिहरुलाई सबैमाझ पुर्याउनु हो । यसका साथै हामी एमआई स्मार्टब्यान्ड ५ का साथ नेपालमा नयाँ श्रेणी ल्याउँन पाउँदा निकै खुशी छौं र हाम्रा एमआई फ्यान र प्रयोगकर्ताहरुले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।” शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

रेडमी ९सी-ट्रीपल क्यामरा च्याम्पियनका साथ विशाल डिस्प्ले
यो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्दछ । रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता छ जुन २.३जीएचजेड सम्म जान्छ ।

रेडमी ९सी मा एआई ट्रीपल क्यामरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामरा ५ एमपी सेन्सरद्वारा संचालित छ ।

फोनको पछाडि एक टेक्सचर डिजाइन छ जसले औंलाको छापहरु बस्न दिदैँन ताकी उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ ।

एआई फेश अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ । यस सिरिजका पूर्ववर्तीहरु जस्तै रेडमी ९सीले डुअल ४जी स्ट्यान्डबाई सीम कार्ड र समर्पित माईक्रोएसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५एमएम हेडफोन ज्याकका साथ आउँदछ । अन्य रेडमी उपकरणहरु जस्तै, रेडमी ९सी ले पनि उच्च स्तरको गुणस्तर समर्थन गर्दछ ।

एमआई स्मार्टब्यान्ड ५ः सबैका लागि उन्नत फिटनेश ट्रयाकिंग
उपभोक्ताहरुको लोकप्रिय फिटनेश साथी अब पहिला भन्दा ठुलो र उत्कृष्ट भएको छ । एमआई स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २०५ ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभुत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ एमआई स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको छ ।

तपाईंको वर्कआउट शैली जे भएपनि एमआई स्मार्टब्यान्ड ५ ले तपाईको आवश्यकतालाई पुरा गरेको छ । ५ एटीएम वाटर-रेसिस्टेन्ट-प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर-पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् । ११ वटा व्यायाम मोडहरु सहित-इन्डोर साइकलिंग, इलिप्टिकल, योग, रोइंग मेशिन र जम्प रोप सहित एमआई स्मार्टब्यान्ड ५ ले चाहे तपाई जसरी कसरत गरेपनि तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।

फिटनेश बाहेक एमआई स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर अब ५०५ एकुरेट छ जसले तपाई सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा अधिक सूचक डाटाको साथ आफ्नो हृदय स्वास्थ्यको बारेमा सचेत रहन सक्नुहुन्छ । यसका साथै, यस उपकरणले तपाईको स्वास्थ्य लेबल सहजै बुझ्नका लागि व्यक्तिगत गविविधि इन्टिलिजेन्सका सबै म्याट्रिक्स र आउटपुट संकलन गर्दछ ।

ठुलो स्क्रिन र थपिएका नयाँ विशेषताहरुलाई संचालन गर्न एमआई स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्मको प्रयोगको समर्थन गर्दछ । र चार्ज गर्ने समयमा, ट्रयाकरलाई ब्यान्डबाट हटाउन आवश्यक पर्दैन यसका लागि मी स्मार्टब्यान्डको नयाँ चार्जिंग समाधानलाई धन्यवाद । सहजैरुपमा यसको चुम्बकीय पछाडि यसको चार्जरमा स्न्याप गर्नुहोस् र चार्ज हुन दिनुहोस् ।

रेडमी सोनिकबेस वायरलेस इयरफोन
रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल प्रि अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिश डिजाइनका साथ म्यागनेटिक इयरबड छ ।

यो हलुका तौलको छ र घाटिमा आरामदायी तरिकाले राख्न मिल्ने गरि डिजाइन गरिएको छ । यी इयरफोनहरु भारी बेस टोनका इमर्सिभ म्युजिक सुन्नका लागि कस्टम ट्यून गरिएको छ, भ्वइस कलहरुको उच्च टोन कायम राख्दै यस प्रकारको एक प्रभावशाली समग्र ध्वनीको सन्तुलन प्रदान गर्दछ ।

यसको उत्कृष्ट ध्वनी गुणस्तर र फराकिलो फ्रिक्वेन्सी दायराले यसलाई वायरलेस इयरफोन श्रेणीमा प्रयोगकर्ताका लागि उत्तम विकल्प बनाउँदछ ।
रेडमी सोनिकबेस वायरलेस इयरफोनका साथ पार्टी कहिले रोकिदैन जसले १२ घण्टा निर्बाध म्युजिक प्लेब्याक प्रदान गर्दछ । बहु परिदृश्यहरुमा वृद्धि हुने उपयोगिताका लागि यो आइपीएक्स ४ रेटिंगका साथ आउँछ र यसलाई पसिना र स्प्लेश प्रतिरोधी र फिटनेश व्यवस्थाका लागि आदर्श बनाउँदछ ।

डुअल पेयरिंग टेक्नोलोजी रेडमी सोनिकबेस वायरलेस इयरफोनको स्ट्यान्डआउट विशेषता हो जसले नेकब्यान्डलाई एकै पटक दुईवटा उपकरणहरुसंग जडान गर्दै स्वचालित रुपमा दुवैबीच स्वीचिंगको विकल्पसाथ दुवैमा सक्रिय रहन अनुमति दिन्छ ।

प्रयोगकर्ताहरुले स्पष्ट र पारदर्शी अडियो अनुभव प्रदान गर्न बाह्य शोरलाई रद्द गर्ने डुअल माइक नोइज क्यानसिलेसन टेक्नोलोजिका साथ कलमा उच्च अडियो गुणस्तरको अनुभव लिन सक्दछन् । यो इयरफोनहरुमा उच्च स्पिड र स्थिर कनेक्टिभिटीका लागि ब्लुटुथ ५.० सक्षम छ जसले गूगल एसिस्टेन्ट र सिरि सपोर्ट गर्ने कम्पनीको दाबी छ ।

मुल्य र उपलब्धता
रेडमी ९सी तीन कलर भेरियन्ट-सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा उपलब्ध हुनेछ । यो २जीबी प्लस ३२जीबी भेरियन्ट रु.१२,९९९ मा उपलब्ध हुनेछ भने ३जीबी प्लस ६४जीबी भेरियन्ट रु. १४,९९९ मा उपलब्ध हुनेछ ।

मी स्मार्ट ब्यान्ड ५ रु.४,४९९ मा उपलब्ध हुनेछ ।

रेडमी सोनिकबेस वायरले इयरफोन रु.२०,९९ मा उपलब्ध हुनेछ ।
यी सबै उत्पादनहरु आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरुमा आजदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

Leave a Reply

Loading...