मोबाइल चार्जमा राख्ने क्रममा चट्याङ लागेर एक युवकको मृत्यु

Technology Khabar २५ भाद्र २०७७, बिहीबार

मोबाइल चार्जमा राख्ने क्रममा चट्याङ लागेर एक युवकको मृत्यु
सांकेतिक
Classic Tech

मोबाइल चार्ज गर्ने क्रममा परेको चट्याङले एकजनाको मृत्यु भएको छ । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ ।

वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए ।

चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

Leave a Reply

Loading...