५ नानोमिटरका आफ्नै चिपसेट तयार पार्दै एप्पल, पहिलो प्रयोग म्याकबुकमा गरिने

Technology Khabar २५ भाद्र २०७७, बिहीबार

५ नानोमिटरका आफ्नै चिपसेट तयार पार्दै एप्पल, पहिलो प्रयोग म्याकबुकमा गरिने

काठमाडौं ।

एप्पलले आफ्ना अधिकांश उत्पादनहरुका आफैंले उत्पादन गरेका चिपसेटहरु प्रयोग गर्नेमा अगाडि बढेको छ।

उसले म्याकबुक, आईफोन १२, वाच सिरिज ६ तथा आईप्याडहरुमा आफैंले बनाएका चिपसेटहरु प्रयोग गरेको छ। ताइवानबाट प्राप्त रिपोर्टका अनुसार एप्पलले २०२० को अन्तिम त्रैमासिकका लागि टीएसएमसी (ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी) लाई ५एनएममा आधारित एप्पल सिलिकनको बृहत् उत्पादन गर्ने निर्देशन दिएको छ।

त्यहाँ उपलब्ध सिलिकन उत्पादन गर्ने उपकरण (जसलाई वेफर भनिन्छ) को प्रति महिना उत्पादन क्षमता ५ देखि ६ हजार वटा चिपसेट हो। तर चिपसेट बनाउँदा एउटा वेफरमा रहने चिपको घनत्व, उत्पादनका क्रममा निस्कने फोहर इत्यादिले फरक पार्ने हुँदा यति नै मात्रामा चिपसेट उत्पादन हुन्छन् भन्ने ठोकुवा गर्न सकिँदैन।

एप्पलले २०२० मा भएको विश्वव्यापी डेभलपरहरुको सम्मेलनमा आफ्नै चिपसेटको विकास गरेको दावी गरेको थियो। हालैका प्रतिवेदनअनुसार ती चिपसेटहरु म्याकबुकमा प्रयोग गरिनेछन्।

नयाँ चिपसेट एप्पलका १३.३ इञ्चका म्याकबुक प्रो र एअरमा प्रयोग गरिने र यिनीहरुको बृहत् उत्पादन २०२० को चौथो त्रैमासिकमा हुने अपेक्षा गरिएको छ।

यही लहरमा म्याकबुकका १४ र १६ इञ्चका संस्करण पनि देखिने तर तिनीहरु छिटोमा २०२१ को मध्यतिर मात्र बजारमा आउने आंकलन गरिएको छ। एजेन्सी

easy care

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार