उबरले आगामी २० वर्षभित्र सेवाका लागि प्रयोग हुने सबै सवारी साधन विद्युतीय चलाउने

Technology Khabar २५ भाद्र २०७७, बिहीबार

उबरले आगामी २० वर्षभित्र सेवाका लागि प्रयोग हुने सबै सवारी साधन विद्युतीय चलाउने
Classic Tech

राइड राइड हेलिंग कम्पनी उबर टेक्नोलोजीज इंकले आफ्नो ग्लोबल राइड-हेलिंग प्लेटफर्मको प्रत्येक सवारी २०४० सम्म विद्युतीय हुने बताएको छ ।

यसले सो योजनाअन्तरगत २०२५देखि ८५० मिलियन डलर सहयोग गर्ने वाचा गरेको छ जसमा पार्टनर अटोमेकरहरूबाट लिइएका सवारीका लागि छुट सहित सवारी चालकहरूलाई ब्याट्रीबाट संचालित सवारीमा प्रतिस्थापन गर्न सहयोग पुर्‍याउनेछ ।

फेब्रुअरीको शुरुमा उबरले विश्वभर आफ्ना ५० लाख ड्राइभर भएको बताएको छ। यसले जनरल मोटर्सका साथै रेनो, निसान, मित्सुबिशी गठबन्धनसँग साझेदारीको स्थापना गरेको बताएको थियो।

गाडी छुटका साथै उबेरले भने कि ८०० मिलियन डलरको उपयोग चार्जका लागि छुट र इलेक्ट्रिक र हाइब्रिड सवारीका लागि भाडा शुल्कमा उपयोग हुनेछ, जसको लागत आवांशिक रूपमा थोरै शुल्क लगाएर ‘ग्रीन ट्रिप’ अनुरोध गर्ने ग्राहकहरूलाई थप शुल्क लगाइनेछ।

उबरले सन् २०३० सम्ममा संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपमा सवारी प्लेटफर्ममा गाडीहरू शून्य उत्सर्जन हुनेछन् र ती क्षेत्रहरूमा नियामकको समर्थन र उन्नत पूर्वाधारको फाइदा लिने बताएको छ।

लिफ्ट इंक, उबरको सानो अमेरिकी प्रतिद्वन्द्वीले गएको जूनमा २०३० सम्ममा १०० प्रतिशत इलेक्ट्रिक सवारीमा स्विच गर्ने वाचा गरेको तर यसले ड्राइभरहरूलाई प्रत्यक्ष आर्थिक सहयोग प्रदान गर्ने छैन भनेर स्पष्ट पारेको छ।

उबरले भनेअनुसार यसको लक्ष्य विद्युतीय सवारीहरूको स्वामित्वको समग्र लागत कम गर्नु हो, जुन हाल पेट्रोल कार भन्दा बढी महँगो छ। रोयटर्स

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

Comments are closed.

Loading...