एप्पल आईफोन १२ सीरिजको बृहत् उत्पादन शुरु, ८ करोड भन्दा बढि ५जी आईफोन ल्याउने

Technology Khabar २५ भाद्र २०७७, बिहीबार

एप्पल आईफोन १२ सीरिजको बृहत् उत्पादन शुरु, ८ करोड भन्दा बढि ५जी आईफोन ल्याउने

काठमाडौं ।

टेक कम्पनी एप्पलले आईफोन १२ सीरिजको बृहत् उत्पादनका लागि तयार भइसकेको छ नयाँ रिपोर्ट आएको छ ।

कम्पनीले सेप्टेम्बरको अन्त्यमा वा अक्टोबरको सुरूमा आईफोन १२ लाई बिक्रीमा ल्याउने योजना पनि बनाएको छ।

नयाँ डाटाका अनुसार एप्पलले यसका सबै कारखानाहरूबाट ८ करोड ५० लाख ५जी आईफोनहरू यो वर्षको अन्त्यसम्ममा पाउने आशा राखेको छ।

बाँकी २०२१ को शुरुमा उत्पादन गरिनुपर्नेछ । बाहिर आएका अप्रमाणित जानकारीहरुका अनुसार अनुमानित ८ करोड मध्ये ४० प्रतिशत आईफोन १२ म्याक्स हुनेछ।

आपूर्ति श्रृंखला प्रमुखका अनुसार, एप्पलले धेरै महिनादेखि भईरहेको ढिलाईलाई कमगरेर केहि हप्तामा झार्न सफल भएको छ। केही आईफोन १२ मोडेलहरूको अन्तिम एसेम्बली आगामी अक्टोबरको सुरूमा हुने अनुमान गरिएको छ।

आपूर्ति स्रोतहरूले यो पनि रिपोर्ट गरे कि एप्पलले एयरट्यागको सामूहिक उत्पादन शुरू गरिसकेको छ, लामोसमयदेखि घोषित ब्लुटुथ ट्र्याकर्स जसले तपाईंलाई कुनै महत्त्वपूर्ण चीजहरू गुमाउनबाट जोगिन मद्दत गर्दछ। एजेन्सी

easy care

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार