अनलाइन विज्ञापन कम्पनी ट्याबूला र आउटब्रेनको ८५० मिलियन डलरको मर्जर खारेज

Technology Khabar २४ भाद्र २०७७, बुधबार

अनलाइन विज्ञापन कम्पनी ट्याबूला र आउटब्रेनको ८५० मिलियन डलरको मर्जर खारेज

काठमाडौं ।

विशवभर अनलाइन विज्ञापनको दर र प्रयोग बढिरहेको छ । यहि क्षेत्रमा काम गर्दै आएका ट्याबूला र आउटब्रेन, स्टार्टअपहरू जुन प्रत्येक प्रकाशकले विज्ञापनमा आधारित सामग्री सिफारिश प्लेटफर्महरू प्रदान गर्दछन्, हालै यिनिहरुबिचको मर्जर तुहिएको छ ।

यसअघि दुबै कम्पनीबिच योजनाबद्ध ८५० मिलियन डलरको मर्जर स्थगित भएको छ । मर्जर भएको भए संयुक्त कम्पनीको मूल्य २ अरब डलर भन्दा बढी हुन्छ।

सो मर्जर रद्दको खबर इजरायली प्रेसमा उजागर भएको थियो र तेलअभिवमा आधारित वरिष्ठ लगानी बैंकर र स्टार्टअप सल्लाहकार अविहाइ माइकलले जानकारी दिएका थिए । टेकक्रन्चले दुबै कम्पनीसँग यो कुरा पुष्टि गरिसकेको रिपोर्टमा उल्लेख छ।

‘हामीले कोभिड १९ को कारणले बजारमा परिवर्तन आएको देख्यौं, र हामीले सम्झौता समाप्त गर्ने निर्णय गर्यौं,’ मर्जरको बारेमा नजिकबाट हेरिएका व्यक्तिले भने, ‘यो धेरै लामो यात्रा हो र यो सहज छैन । तर कदम अगाडी बढाउनु सही चाल हो।’

यस बारेमा औपचारिक घोषणा केहि दिनमा गरिने बताईएको छ। र सम्झौताको माध्यमबाट नजाँदै गर्दा त्यहाँ कुनै लागत हुनेछैन् ।

यी दुबै स्टार्टअप कम्पनीहरुले सन् २०१५ देखि नै मर्जमा जान छलफल शुरु गरेका थिए । तर यसबारेमा ठोस जानकारी भने सन् २०१९ मा मात्र आएको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २४ भाद्र २०७७, बुधबार

ताजा समाचार