गूगलको नयाँ अपरेटिङ्ग सिस्टम एन्ड्रोइड ११ सार्वजनिक, यी मोबाइल डिभाइसहरुमा उपलब्ध

Technology Khabar २४ भाद्र २०७७, बुधबार

गूगलको नयाँ अपरेटिङ्ग सिस्टम एन्ड्रोइड ११ सार्वजनिक, यी मोबाइल डिभाइसहरुमा उपलब्ध

काठमाडौं ।

गूगलले आफ्नो नयाँ अपरेटिङ्ग सिस्टम एन्ड्रोइड ११ आज सार्वजनिक गरेको छ । एन्ड्रोइड ११ पिक्सेल फोनका साथसाथै अन्य ब्राण्डहरु वनप्लस, शाओमी, ओपो र रियलमी लगायतका फोनहरुमा पनि उपलब्ध हुनेछ ।

यसअघि केबल पिक्सेल फोनहरुमा मात्र शुरुमा उपलब्ध हुने गरेकोमा यस पटक विशेष गरी वनप्लस ८ र वनप्लस ८ प्रो, ओपो फाइण्ड एक्स २ र रेनो ३ मा एन्ड्रोइडको नयाँ अपडेट प्राप्त हुनेछ । शाओमीको एमआई १० र एमआई १० प्रोका साथै रियलमी एक्स ५० प्रो पनि सो अपडेटको सूचीमा रहेका छन्  तर यसमा कहिले आउँछ भनेर निश्चित गरिएको छैन्।

गुगलले नयाँ एन्ड्रोइड ११ मा दर्जनौं सुविधाहरू थपेको छ जसले स्मार्टफोनको अनुभवलाई अत्यन्त उन्नत बनाउनेछ। नयाँ एन्ड्रोइड अपरेटिङ्ग सिस्टममा मोबाइल प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले एन्ड्रोइड ११ का सुविधाहरू तीन भागमा प्रस्तुत गरेको छ, जसमा व्यक्ति, नियन्त्रण र गोपनीयता समावेश छ।

गूगल ब्लग अनुसार कुराकानी, कनेक्टेड डिभाइस तथा गोपनियतामा केन्द्रित भएर एन्ड्रोइड ११ आएको छ ।

उदाहरणको लागी, कुराकानीहरुमा, उपयोगकर्ताहरुले उनीहरुको इच्छाअनुसार को सँग मेसेजमा कोसँग कुरा गर्ने र कसको मेसेज नोटिफिकेसनमा राख्ने भन्ने निर्णय गर्न सक्दछन् । र कसको मेसेजलाई नखोलिकन नै नोटिफिकेसनमा राख्न सकिने सुबिधा दिएको छ ।

त्यस्तै बबल्स फिचरका साथ कुनै पनि एपमा आएको मेसेजमा आफूले चलाइरहेको एप बन्द नगरिकनै रिप्लाई पनि दिन मिल्छ ।

भ्वाइस एक्सेस र किबोर्ड सुझाव जस्ता सुविधाहरू मार्फत स्मार्टफोन प्रयोगकर्ताहरूले मल्टि टास्किंगमा मद्दत प्राप्त गर्दछन्।

एन्ड्रोइड ११ मा बिल्ट इन स्क्रीन रेकर्डिङ्ग फिचर पनि उपलब्ध भएको छ जुन पहिले आइओएसमा मात्रै उपलब्ध थियो ।

यो पनि हेर्नुस्-

गूगलले सार्वजनिक गर्यो एन्ड्रोइड ११ को पहिलो बीटा भर्सन, यस्ता छन् प्रमुख फीचरहरु

Global Bank
easy care

प्रकाशित: २४ भाद्र २०७७, बुधबार

ताजा समाचार