माइक्रोसफ्टले १०जेनेरेशन इन्टेल सीपएयू राखेर १२.५ इञ्चको सस्तो सर्फेस ल्यापटप ल्याउँदै

Technology Khabar २४ भाद्र २०७७, बुधबार

माइक्रोसफ्टले १०जेनेरेशन इन्टेल सीपएयू राखेर १२.५ इञ्चको सस्तो सर्फेस ल्यापटप ल्याउँदै

काठमाडौं ।

माइक्रोसफ्टले विद्यार्थी हरुलाई लक्षित गर्दै १२.५ इञ्चको सर्फेस गो जस्तै सस्तो ल्यापटप सार्वजनिक गर्ने तयारीमा छ।

नयाँ आउने यो सस्तो ल्यापटप सर्फेस गो र सर्फेस ल्यापटपको बीचको हुने र यसको मूल्य ५०० देखि ६०० डलरका बीचमा रहने स्रोतले जनाएको छ।

यो ल्यापटपमा इन्टेलको १० जेनेरेशनको सीपीयूका साथै ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज हुनेछ। सस्तो मूल्यमा आउने भएकाले यसको सीपीयू लो पावर चिपयुक्त वाई सिरिजको हुने अनुमान गर्न सकिन्छ।

यसमा विण्डोज १० एस मोडमा चल्नेछ जसका कारण माइक्रोसफ्ट स्टोरका एप्लिकेशनहरुका साथै सुरक्षित ब्राउजिङका लागि एज ब्राउजरमात्र चल्नेछ। यसलाई कम्पनीले शिक्षाका लागि नोटबुकका रुपमा चिनाउँदै सस्तो मूल्य, उच्च सुरक्षा तथा प्रदर्शनका माध्यमबाट जनसाधारणमा चर्चित बनाउने सोच रहेको छ।

स्रोतहरुलाई उल्लेख गरेर आएका रिपोर्टअनुसार यसलाई स्पार्टी भन्ने नाम दिइएको छ भने यो अन्य सर्फेश डिभाइसहरु जस्तै देखिन्छ। यसको मतलब सस्तो बनाए पनि सुरक्षा र अन्य कुरामा अन्य डिभाइसका दाँजोमा कम्पनीले कुनै सम्झौता नगरेको बुझिन्छ।

एक ठाउँबाट बर्को ठाउँमा लैजान सहज हुनको लागि यसको हलुकोपनामा पनि उत्तिकै ध्यान दिइएको छ।

हालैका रिपोर्टहरुका अनुसार सर्फेसका अन्य उत्पादनसँगै आउने अक्टोबरमा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ। एजेन्सी

easy care

प्रकाशित: २४ भाद्र २०७७, बुधबार