टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल

Technology Khabar २४ भाद्र २०७७, बुधबार

टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल
Classic Tech

विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टिसिएल ब्राण्डका घरायसी सामाग्रीको आधारमा यसपटक फेरि टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।

नेपालमा पनि टिसिएल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ ।

नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन,एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएलमार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ ।

टिसिएल ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भइसकेको छ । टिसिएलका २३ वटा आर एण्ड डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो व्यापार विस्तार गरिसकेको छ । विश्वमा टिसिएल ब्राण्डको मूल्याङकन २००७ मा ४०.१३६ अर्ब आरएमवि रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्ब आरएमवि पुगेको छ । टिसिएल ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ ।

टिसिएल टिभी सन् १९८१ मा सुरुवात गरेको पाईन्छ । आईएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टिसिएल ब्राण्डका टिभी २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ ।

दोस्रो त्रैमास, २०२० मा मार्केट सेयरको आधारमा टिसिएल ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २४ भाद्र २०७७, बुधबार

Comments are closed.

Loading...