चीनद्धारा विश्वव्यापी डाटा सुरक्षा अभियानको अनावरण

Technology Khabar २४ भाद्र २०७७, बुधबार

चीनद्धारा विश्वव्यापी डाटा सुरक्षा अभियानको अनावरण

काठमाडौं ।

चीनले मंगलबार डाटा सुरक्षामा विश्वव्यापी मापदण्डहरू स्थापना गर्न पहल गर्ने घोषणा गरेको छ ।

चीनले भन्यो कि आफू यस्तो क्षेत्रमा बहुपक्षीयतालाई बढावा दिन चाहन्छ जतिबेला ‘व्यक्तिगत देशहरू’ अरुलाई ‘बदनाम’ गरिरहेका छन् र कम्पनीहरुलाई ‘शिकार’ गरिरहेका छन्।

संयुक्त राज्य अमेरिकाले ‘क्लीन नेटवर्क’ कार्यक्रम अन्तर्गत ‘अविश्वासी’ चिनियाँ एपहरु सफा गरिरहेको घोषणा गरेको एक महिनापछि यो अभियान स्टेट काउन्सिलर तथा विदेश मन्त्री वांग यीले घोषणा गरेका हुन् ।

चीनको यस पहलअन्तरगत प्रविधि कम्पनीहरूलाई उनीहरूको उत्पादन र सेवाहरूमा तथाकथित ब्याकडोरहरू सिर्जना रोक्नको लागि आव्हान गर्दछ जुन डाटालाई अवैध रूपमा प्राप्त गर्न सकिन्छ ।

यसका साथसाथै सहभागीहरूलाई अन्य देशहरूको सार्वभौमिकता, क्षेत्राधिकार र डाटा व्यवस्थापन अधिकारहरूको सम्मान गर्न पनि भन्दछ।

यसले सहभागीहरूलाई अन्य देशहरूको ठूलो स्तरमा निगरानीमा भाग नलिन तथा सूचना प्रविधिमार्फत गैरकानुनी रूपमा विदेशी नागरिकहरूको जानकारी नलिन पनि आग्रह गर्दछ।

तर यसमा अन्य देशहरु कसरी र कहिले सहभागी हुन सक्छन भन्ने कुनै जानकारी छैन् ।

‘वैश्विक डाटा सुरक्षा नियम जसले सबै देशहरूको इच्छालाई प्रतिबिम्बित गर्दछ र सबै पक्षहरूको हितलाई सम्मान गर्दछ, यो सबै पक्षहरूको सार्वभौमिक सहभागिताको आधारमा पुग्नुपर्दछ,’ वांगले भने।

चीन ग्रेट फायरवालको माध्यमबाट आफ्नो साइबरस्पेसको नियन्त्रण र सेन्सर गर्दछ । यसैअन्तरगत चीनमा अमेरिकी कम्पनीहरु फेसबुक, ट्विटर, गूगललगायतलाई रोक लगाईएको छ । एजेन्सीका साथ

easy care

प्रकाशित: २४ भाद्र २०७७, बुधबार